आज बडादशैँको महानवमी 

काठमाडौं, १ कात्तिक । आज बिहीबार देशभर महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ । 

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ । 

प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन छ । सो कलशको जल अभिषेक गरी टीका–प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्ने जनविश्वास रहेको छ । 
हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज एक दिनमात्र सर्वसाधारणका लागि खुला गरिँदै छ । 

तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । 

आज बिहानैदेखि हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरुमा श्रद्धाभक्तिपूर्वक बाजागाजासहित बलि दिएर जङ्गी निसानपूजा तथा कोतपूजा भइरहेको छ । आजै सवारी साधनहरुलाई पनि बलि दिएर पूजाआजा गर्ने चलन छ ।रासस 

ग्रहले कसैलाई माफ गर्दैन, यस्तो छ कारण

ग्रह दशाहरु भनेको के हो ? ग्रहहरुको प्रभावहरु हुन्छ कि हुँदैन ? अस्तित्वमा जे–जे छ, त्यसको प्रभाव हुनु त स्वाभाविक हो । यदि यो सौर्यमण्डलमा ग्रहहरु छन्

 देवघाटमा माघे सङ्क्रान्ति मेला शुरु

चितवन । पवित्र तीर्थस्थल देवघाटधामको वेणीमा सोमबार बिहान ध्वजाले सजिएको बाँसको लिङ्गो ठड्याएर माघे सङ्क्रान्ति मेलाको विधिवत् शुभारम्भ गरिएको छ

 ७ सय पाँच वर्षपछि ‘श्रीराम तारकब्रम्ह महायज्ञ’ हुँदै 

काठमाडौं, २७ पुस ।  नेपालमा पहिलोपटक श्रीराम तारकब्रम्ह महायज्ञ हुने भएको छ । शुक्रबार जगत गुरु रामानन्दाचार्य सेवा पिठ सुनसरी तथा महायोगी

 यस्तो छ धर्म र अध्यात्मको भिन्नता 

अध्यात्म के हो र धर्म के हो ? अध्यात्म र धर्म दुईटा शब्दहरु प्रयोग हुन्छन् । अध्यात्म र धर्ममा के भिन्नता छ ? प्रश्न आएको छ ।  अध्यात्म र धर्ममा धेरै ठूलो