भन्सार छल्न खोज्ने ट्रक सामानसहित नियन्त्रणमा

बुटवल । सशस्त्र प्रहरी बल नेपाल, राजश्व भन्सार सुरक्षा नम्बर ३८ गुल्म रुपन्देहीले आज भन्सार छलेर नेपाल भित्र्याएको अवैध सामानसहित ढुवानीमा प्रयोग भएको ट्रकलाई समेत नियन्त्रणमा लिएको छ । 

पराल बोकेको ना२ख ६१७५ नम्बरको मालबाहक ट्रकमा भारतीय सीमानाका झुलेनीपुल क्षेत्रबाट चितवन लैजाँदै गर्दा उक्त सामान नियन्त्रणमा आएकोे नम्बर ३८ गुल्म रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्दबहादुर खातीले बताए। 

भारतीय बजारबाट भन्सार छली अवैधरुपमा नेपालतर्फ ल्याउँदै गरेको १४४ पिस कुर्ता सुरुवाल, ९० पिस सारी, २९३ मिटर पर्दाको कपडा नवलपरासीको बर्दघाट नगरपालिका–४ त्रिवेणी चोकबाट ट्रकसहित नियन्त्रणमा लिएको हो । 

पछिल्लो समय नवलपरासी क्षेत्रबाट सुरक्षा निकायकै मिलोमतोमा तस्करी मौलाउँदै गरेको सूचना पाएपछि नम्बर ३८ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक खातीको नेतृत्वमा खटेको टोलीले ट्रकसहित अवैध कपडा नियन्त्रणमा लिएको हो । 

उक्त सामान ढुवानीमा प्रयोग गरेको ट्रकसहित भन्सार मूल्य रु १५ लाख ३४ हजार ३०० मूल्य बराबरको सामान तथा सवारीसाधन बरामद गरी आजै भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको छ । भन्सार चोरी तस्करी नियन्त्रणका लागि विशेष अभियान चलाएको नम्बर ३८ गुल्म रुपन्देहीले पहिल्लो आर्थिक वर्ष २०७५/०७६ को तीन महीना साउनदेखि असोजसम्म रु ९१ लाख ५८ हजार ८३६ मूल्य बराबरको अवैध सामान नियन्त्रण गरी भन्सार चलान गरेको छ।रासस 

अष्ट्रेलियाको मनग्य आम्दानी छोडेर गाईपालन

रत्ननगर, चितवन । नेपाली भूमिमा अमन्दानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा पनि छन्, जसले विदेशमा

  अलैंची किसान: ऋणमा डुब्दै वसाईं हिँड्दै

ताप्लेजुङ । अलैँचीको मूल्य बढेर प्रतिमन १ लाख २० हजार रुपैयाँमा कारोबार हुन थालेपछि ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङका कृषक रनबहादुर

अगरबत्तीको नाममा चरेसको व्यापार

काठमाडौं । अगरबत्तीको प्याकेटभित्र हालेर चरेसको व्यापार हुने गरेको तथ्य आज सार्वजनिक गरिएको छ ।  नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले लामा

नेपाल टेलिकमले शेयरधनीलाई लाभांश दिने

काठमाडौ,१ माघ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ को मुनाफा रकममध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीलाई नगद लाभांश वितरण