दशैंमा राजधानीबाट २२ लाख मानिस बाहिरिए

काठमाडौं । काठमाडौँ उपयकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी मानिस बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा मानिस बाहिरिएका हुन् । 

स्थलमार्गबाट मात्रै २२ लाख मानिस बाहिरिएको महाशाखाको भनाइ छ । टाढाटाढाका यात्रु बाहिरिए पनि काठमाडौँ आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका सर्वसाधारण आज पनि काठमाडौँबाट बाहिरिदै गरेको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी दिए । दशैँभर काठमाडौँबाट करीब २४ लाख मानिस बाहिरिने उनको भनाइ छ । 

काठमाडौँबाट २२ लाख मानिस बाहिरिएसँगै विगत दुई दिनदेखि काठमाडौँको चहलपहल घटेको छ भने सार्वजनिक यातायातका साधनसमेत कम चल्न थालेका छन् । अहिले काठमाडौँका प्रायः सडक र पसल सुनसान देखिएका छन् । रासस

महानगर प्रमुखको अध्यक्षतामा बन्ने भयो विपत् व्यवस्थापन समिति

  काठमाडौँ, १० वैशाख । काठमाडौँ महानगरपालिका (कामपा) ले जारी गरेको विपत् व्यवस्थापन ऐन कार्यान्वयनका लागि एक   हप्ताभित्र कामपाका प्रमुखको

पुण्य गर्ने भन्दै बाल विवाह गराउने अझै सक्रिय

डोटी, ९ वैशाख । विवाहका लागि कानूनी उमेर १८ वर्ष भएता पनि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बाल विवाह गर्ने प्रचलन अझै पनि कायमै रहेको छ

जलिरह्यो घर, सम्झिइयो दमकल !

बागलुङ, ९ वैशाख । शनिबार प्रायः मानिस आराम, घुमफिर र रमाइलोका लागि समय निकाल्छन् । गलकोट नगरपालिका–६ चरौँदीका हेमबहादुर खत्रीलाई भने त्यही शनिबार

 मुहान क्षेत्रको वाग्मती किनारबाट फोहरका ट्रक हटाउन माग

काठमाडौं । वाग्मती सफाइ महाअभियानले ३१० हप्ता नाघ्यो । मुहान क्षेत्रका दुई नगरपालिकाले अझै नदी किनारमै वर्गीकरणका नाममा फोहर थुपार्ने गरेका छन् ।