८ करोड शब्दको महाकाव्य आउँदै 

 

चेङ्दु । विश्वमै सबैभन्दा लामो लोककाव्य मानिएको राजा गेसारको काव्यको सङ्कलन अर्को वर्ष अर्थात् सन् २०१९ प्रकाशन गरिने भएको छ । 

“इपिक अफ किङ गेसार” नाम दिइएको यस महाकाव्यमा एघारौं शताब्दीमा कसरी तिब्बती अर्धइश्वर मानिने राजाले आफ्ना शत्रुलाई कसरी परास्त गरे र आम जनतालाई कसरी सुरक्षित गरे भन्ने कथा रहेको छ । 

अनुसन्धाताहरुले तिब्बती समुदायबाट काव्यका विभिन्न खण्डहरुका साथै विगत ६० वर्षमा प्रकाशन भएका सामग्रीहरु सङ्ग्रहित गरिसकेका छन् । 

नयाँ पुस्तक ३७० खण्डमा विभक्त हुनेछ र यसमा ८ करोडभन्दा बढी शब्द रहेका छन् । केही नयाँ खण्डहरु मानिसले पहिलोपटक हेर्न पाउने छन् । 

यस पुस्तकको चिनीया र अङ्ग्रेजी भाषामा प्रकाशनका लागि पनि तयारी गरिँदैछ । यो काव्यका कथाहरु तिब्बतका स्थानीयबासीबाट एक पुस्ताबाट अर्को पुस्तामा मौखिक रुपमा आएको हो । यो पुस्तक तिब्बती संस्कृति र परम्परा अध्ययन गर्नेहरुका लागि महत्वपूर्ण रहने बताइएको छ । रासस

राखी सावंतले पिटाइको बद्ला लिन खलीलाई गुहारिन

काठमाडौं । राखी सावंतले आफूलाई पिट्नेसँग बद्ला लिन रेस्लर खलीलाई आग्रह गरेकी छन् । हरियाणाको अस्पतालमा उपचार गराइ रहेकी राखीलाई भेट्न रेस्लर खली

डेनीका छोरा बलिउडमा डेब्यू गर्दै

काठमाडौं । अभिनेता डेनी डेनजोगपाका छोरा रिङजिङ बलिउडमा डेब्यू गर्न लागेका छन् । उनी एक्सन थ्रिलर फिल्म ‘स्क्वाइड’मा खेल्न लागेका हुन् । सन् २०१९

तीन दिनमा \'ठग्स अफ हिन्दुस्तान\'को कमाइ सय करोड

मुम्बई । बहुचर्चित बलिउड फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ले तीन दिनमा एकसय करोड कमाएको छ । बक्स अफ इन्डियाका अनुसार, ठग्स अफ हिन्दुस्तान

बलिउड स्टार नवाजुद्दीन सिद्दीकी पनि \'मि टू\'मा

मुम्बई । भारतमा चलिरहेको 'मि टू'  अभियानले बलिउड कलाकार, निर्देशक र निर्मातालाई चपेटामा पार्न छोडेको छैन् । कयौं कलाकार, नेता, पत्रकार, लेखक र