प्रचण्ड र वामदेवले रामवीरलाई भने– ‘नआत्तिनु, हामी छौं’

काठमाडौं । सांसद पदबाट राजीनामा घोषणा गरेर अप्ठेरोमा फसेका रामवीर मानन्धरलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता वामदेव गौतमले नआत्तिनु भन्दै ढाडस दिएका छन् । जनसम्पर्कबाट लगभग बाहिर रहेका मानन्धर नेताद्धयको ढाडसपछि सार्वजनिक सम्पर्कमा क्रमशः आउन थालेका छन् । 

रामवीर निकट एक नेकपा कार्यकर्ताका अनुसार नेताद्धयले राजनीतिक भविष्य समाप्त नहुने, बरु झन् राम्रो हुने आश्वाशन रामवीरलाई दिएका  छन् । रामवीरलाई उनको क्षेत्र काठमाडौं ७ का पूर्व एमाले कार्यकर्ताहरुले ठूलो विरोध गरिरहेका छन् । तर, पूर्व माओवादीहरु भने रामवीरको पक्षमा देखिएका छन् । 

‘रामवीरको गुट सर्लक्कै फेरियो, रातारात उनी पूर्व माओवादी कित्तामा पुगेका छन्’, नेकपाका ७ नम्बर क्षेत्रका नेता कार्यकर्ताहरुको भनाई छ । रामवीरलाई राखेर सो क्षेत्रका पूर्व माओवादीहरुले धेरैवटा वैठक राखिसकेको स्रोतको भनाई छ । वैठक बाक्लिएसँगै सो क्षेत्रमा पूर्व माओवादीहरुले रामवीरलाई साथ दिन थालेका छन् । ‘अब रामवीर एक्ला छैनन्’, रामवीर निकटहरुको भनाई छ । 

अनौठो हर्कत

रामवीरले गत चुनावदेखि नै अनौठो हर्कत गर्न थालेको जानकारहरुको भनाई छ । सिंगो एमाले राष्ट्रियताको वकालत तथा भारतको विरोध गर्दै हिँडिरहेको बेला रामवीरले आफ्नो क्षेत्रको केही सभामा भारतको समर्थनमा मन्तब्य दिएका थिए । चुनावी स्टन्टका रुपमा उनको भनाईलाई  लिइयो, कसैले गम्भीरतासाथ लिएनन् । चुनाव जितेपछि रामवीर भारतीय दूतावास धाउन थाले । 

प्रधानमन्त्री बनेपछि केपी ओलीले भारत भ्रमण गरे । सो भ्रमण टोलीमा उनलाई भारतीय आग्रहमा राखिएको थियो । भारतीय अग्रहलाई परराष्ट्र मन्त्रालय तथा तत्कालीन एमालेका नेताहरुले अनौठो मानेका थिए । भारत भ्रमण अघि भ्रमण दलका सदस्यहरुलाई विशेष प्रशिक्षण दिइएको   थियो । प्रधानमन्त्री निवास बालुवाटारमा दिइएको प्रशिक्षणमा केपी ओलीले पनि भारतमा गर्नुपर्ने व्यवहार र आचरण सम्वन्धमा निर्देशन दिएका थिए । परराष्ट्र सचिवले कूटनीतिक भ्रमण दलका सदस्यहरुले अनावश्यक रुपमा फोटो खिच्न नहुने, मर्यादामा बस्न पर्ने, अनावश्यक रुपमा परिचय दिन र लिन अग्रसर हुन नहुने नियम बताएका थिए । 

तर, रामवीरले कूटनीतिक मर्यादा राखेनन् । भ्रमणका क्रममा फोटो पत्रकारले झैं जहाँतहिँ अस्वाभाविक रुपमा भिडियो खिचेका थिए । आफू भ्रमण दलको सदस्य तथा सांसद नभएर भ्रमण टोलीको भिडियो खिच्न आए झैं गरेका थिए । उनको यो अस्वाभाविक व्यवहारलाई रहस्यमय रुपमा हेरिएको थियो । 

अब भिड्ने

रामवीर निकटहरुका अनुसार अहिले रक्षात्मक रामवीर अब आक्रामक रुपमा आउने छन् । पूर्व माओवादीहरुले रामवीरको संरक्षणमा सात नम्बर क्षेत्रमा विशेष अभियान चलाउने भएका छन् । रामवीर निकटहरुका अनुसार दशैं लगत्तै जिल्ला कमिटि सदस्यहरुको अनौपचारिक वैठक राखेर रामवीरको पक्षमा माहौल बनाउन प्रयास गरिने छ । 

उता नेकपा संसदीय दलले भने संसदमा रामवीरलाई बोल्न कुनै समय उपलव्ध नगराउने भएको छ । संसदका विशेष समय, शून्य समय तथा धपधपे समयमा बोल्नका लागि संसदीय दलले समय दिनुपर्ने हुन्छ । तर, रामवीरलाई बोल्न कुनै समय नदिइने भएको छ । ओली पक्षले यस्तो गर्ने बुझेपछि रामवीरको संरक्षणमा प्रचण्ड वामदेव पक्षले विशेष अभियान चलाउन थालेको बुझिन्छ ।
 

 ‘मदन भण्डारी बाँचेका भए जनयुध्द हुने थिएन’–प्रचण्ड

म्याग्दी ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहालले सहकार्य गर्न तत्कालिन एमाले नमाने पछि आफूहरु जनयुध्दमा होमिएको

 प्रचण्डले कति नांगिन मिल्ने ?

काठमाडौं । दशैं, तिहार र छठ जस्ता महत्वपूर्ण पर्वहरु सम्पन्न भएका छन् । यी पर्वले नेपालीलाई परिवार र गाउँसँग अपडेट गराएका छन् । पर्व मनाएर परिवारका

शिक्षा नीति परिवर्तन आवश्यक : दाहाल

म्याग्दी, २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा उल्लेखित समाजवादी

बैतडीमा नेकपाको समायोजनको काम टुङ्गियो

बैतडी,२८ कात्तिक ।  तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपाको बैतडीमा पार्टी समायोजनको काम टुंगो लागेको छ । पार्टी जिल्ला