बाबा रामपाललाई जन्मकैदको सजाय

नयाँ दिल्ली, ३० असोज । हरियाणको एक स्थानीय अदालतले बाबा रामपाललाई पाँच जनाको हत्या आरोपमा जन्मकैदको सजाय सुनाएको छ ।

मंगलबार हिसारका अतिरिक्त जिल्ला न्यायाधीश डीआर चालियाको इजलासले रामपाल र उनका अनुयायीहरुलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो ।

हिसारको बरवालास्थित रामपालको सतलोक आश्रममा १८ नोभेम्बर, २०१४ मा चार महिला र एक बच्चाको शव भेटिएको थियो ।

पाँचै जनाको हत्या गरिएको अनुसन्धानमा देखिएको थियो । अदालतले रामपालसहित उनका २७ जना अनुयायी हत्यामा संलग्न रहेको ठहर गरेको छ ।

सन् २०१४ मा रामपाललाई पक्राउ गरिएको थियो । पक्राउ गर्दा करिब १५ हजार अनुवायीले अवरोध गरेका थिए । हिंसा भड्किदा पाँच जनाको मृत्यु भएको थियो । एजेन्सीहरु

 अस्पष्ट \'स्मार्ट’ लाईसेन्सले सेवाग्राही पीडित 

  ललितपुर, ७ माघ । परीक्षा पास गरेको एक वर्षपछि भक्तपुरका समीर बरालको चालक अनुमतिपत्र आयो । त्यसमा नाम र फोटो दुबै नबुझिने रहेछ र उहाँ अनुमतिपत्र

चेपाङ किशोरीमाथि ‘जबरजस्ती’

चितवन, ७ माघ । राप्ती नगरपालिका–१३ कान्दामा दुई किशोरीमाथि कुटपिट र जबर्जस्ती करणीको प्रयास भएको छ । जिल्लाको विकट पहाडी क्षेत्रमा आइतबार दिउँसो

वन्यजन्तुको जोगाउन सेनाको ‘अपरेशन महाहण्ट’

भीमदत्तनगर, ७ माघ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका संरक्षित वन्यजन्तुको सुरक्षाका लागि नेपाली सेनाले ‘अपरेशन महाहण्ट’ नामक

सेवा समूहलाई ७ दिनभित्र समायोजन गर्न परिपत्र

काठमाडौँ, ७ माघ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घमा मात्र सङ्गठन संरचना रहेका सेवा समूह भएका कार्यालयलाई सात दिनभित्र समायोजन