दशैं विदामा सशस्त्र प्रहरीले निःशुल्क बस चलाउने

काठमाडौं, ३० असोज । दशैंको अवसरमा सशस्त्र प्रहरी बलले पनि  काठमाडौंमा निःशुल्क बस चलाउने भएको छ।

सर्वसाधारणको आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यले निःशुल्क बस संचालन गर्न लागिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्रले चार रुटमा बस चलाउन लागेको हो ।
बिहान ८ देखि साँझ ६ बजेसम्म निःशुल्क बस चलाउने सशस्त्र प्रहरीले जनाएको छ ।

पहिलो रुटः कलंकी, कालिमाटी, त्रिपुरेश्वर, माईतिघर, बानेश्वर, कोटेश्वर, ठिमी, सूर्यविनायक पुगेर पुनः त्यही रुटबाट कलंकी ।

दोस्रो रुटः लगनखेल, जावलाखेल, पुल्चोक, त्रिपुरेश्वर, जमल, लैनचौर, नारायणगोपालचोक, बाँसबारी, बुढानिलकण्ठ र पुनः सोही रूटबाट लगनखेल ।

तेस्रो रुटः स्वयम्भु हल्चोक, कलंकी, बल्खु, सातदोबाटो, कोटेश्वर, गौशाला, चावहिल, सामाखुशी, बालाजु, चक्रपथ परिक्रमा ।

चौथो रुटः स्वयम्भु हल्चोक, बालाजु, सामाखुशी, चावहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, बल्खु, कलंकीहुँदै चक्रपथ परिक्रमा ।

 

मंसिर ७ गतेदेखि सवारी चालक अनुमति पत्रको आवेदन खुल्ने

काठमाडौ,२९ कात्तिक ।  दसैँ अघिदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन आगामी मंसिर ७ गतेदेखि खुल्ने भएको छ। यातायात व्यवस्था

६९ जना कर्मचारीलाई कामपाको २४ घण्टे स्पष्टिकरण

काठमाडौ,२९ कात्तिक ।  काठमाडौं महानगरपालिकाले समयमा कार्यालय नआउने ६९ जना कर्मचारीलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । कार्यालय समयमा अनुपस्थित

संवैधानिक इजलास हप्तामा दुई दिन मात्र बस्ने,२२३ वटा मुद्धा सुनुवाई गर्न बाँकी

काठमाडौ,२९ कात्तिक । सर्वोच्च अदालतमा संवैधानिक इजलास हप्ताको दुई दिन मङ्गलबार र बुधबार मात्र बस्ने तय भएको छ । प्रधानन्यायाधीशसहित सो इजलासका अरू

विद्यार्थीले नै गरे विश्वविद्यालयमा आगजनी

चितवन, २८ कात्तिक । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीले आगजनी गरेका छन् । विश्वविद्यालय केन्द्रीय कार्यालय, कृषि डिनको कार्यालय