आफ्नै महत्वकांक्षाको ‘ब्याकफाएर’मा बामदेव 

‘नतमस्तक छु कमरेड रामबीर मानन्धर, तपाईले आज पत्रकार सम्मेलन गरेर जुन अभिब्यक्ति दिनुभयो त्यो बिचार ले मेरो कद अझ उचो बनाएको छ । संगठनका लागि हामी दुवै जना सिपाही हो । भोलीका दिनमा संगठनले मलाई दिने भूमिका र तपाईले गरेको त्याग प्रति आँच आउन दिने छैन । पार्टीको गरिमालाई उचो राख्न र तपाईले म प्रति देखाउनुभएको विश्वासलाई कायम राख्न कुनै कसर बाँकी राख्ने छैन । पार्टीले हामीलाई भुमिका र जिम्मेवारी जे जस्तो दिए पनी जनताको काममा संधै संगै रहनेछौं ।’ 
गत मंगलबार (असोज २३ गते) प्रतिनिधि सभा निर्वाचनमा काठमाडौ ७ बाट निर्वाचित उम्मेद्वार रामवीर मानन्धरले पत्रकार सम्मेलनमार्फत बामदेव गौतमका लागि राजिनामा गर्ने घोषणा गरेपछि उत्साहित हुँदै गौतमले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस हो यो । प्रतिनिधि सभाको ०७४ मा सम्पन्न निर्वाचनमा बर्दिया १ बाट हारेपछि गौतमले एक दर्जन प्रयास पछि रामबीरलाई राजिनामाका लागि मनाउन सफल भएका थिए । दर्जन पटकका प्रयास असफल भएपछि मिलेको सफलताले गौतमलाई निकै उत्साहित तुल्याएको थियो । उनको स्टाटसले पनि यो कुरालाई पुष्टि गर्छ । तर संसदमा पुग्ने उनको यो महत्वकांक्षा भने तत्कालका लागि सफल हुन सकेन् । 
बरु पार्टी भित्र र बाहिरबाट उनको चर्काे आलोचना र विरोध भयो । पार्टी एकतामा महत्वपूर्ण भूमिका निर्वाह गरेका गौतमले निर्वाचनमा हार ब्योहोरेपछि सबैतिरबाट सान्त्वना पाएका थिए । तर आफू पुनः सांसद बन्न  निर्वाचित सांसदलाई राजिनामा गराउने उनको प्रयासमा भने उनले समर्थन र सान्त्वना पाउन सकेनन् बरु उनको राजनीतिक करिअरलाई नै असल पुग्ने गरी पार्टी भित्र र जनताको माझमा समेत उनी एक खराब छवीका नेताका रुपमा देखा परे । गौतमकै पार्टीको नेतृत्वमा दुई तिहाइको सरकार हुँदा समेत जनताले दैनिक जीवनमा समेत राहत पाउन नसकेको अवस्थामा जनतामा यसै पनि चरम निराशा बढ्दै गइरहेको छ । त्यसमाथि पाँच वर्षका लागि चुनिएका जनप्रतिनिधिलाई एक वर्ष नपुग्दै राजिनामा गराएर निर्वाचन गराउने प्रयास गर्नुले एकातर्फ स्थानीय जनताको भावनामा चोट लाग्न पुग्यो भने अर्काे तर्फ एउटा व्यक्तिको महत्वकांक्षा पुरा गर्न राज्यले करोडौँ रुपैयाँ गुमाउनुपर्ने अवस्था समेत देखियो । परिस्थिति प्रतिकुल देख्दा देख्दै पनि गौतममा देखिएको तिव्र महत्वकांक्षाले अन्ततः उनलाई आफ्नै महत्वकांक्षाको सिकार बनायो । 
गौतमले विहिबार पार्टीका शीर्ष नेताहरुसँग भेट गरेपछि परिस्थिति आफू अनुकुल नरहेको भन्दै आफ्नो निर्णयबाट पछि हट्ने घोषणा गरेका छन् । उनले आफ्नो निर्णयमा पार्टीका शीर्ष नेताहरुनै बाधक रहेको भन्दै निर्णयबाट पछि हट्ने घोषणा गरेका हुन् । औपचारिक रुपमा उनले आफू पछि हट्को नबताएपनि निकट नेताहरुले गौतम पछि हट्ने निर्णय गरिसकेको बताएका छन् । 
गौतमलाई काठमाडौबाट सांसद बनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रयास गरेका थिए । पार्टी भित्र छलफल नै नगरी दाहालले असोज २२ गते बसेको सचिवालय बैठकमा रामवीर मानन्धरले राजिनामा दिन लागेको जानकारी गराएपछि यसले नेकपामा ठूलै विवाद निम्त्याएको छ । दाहालले बामदेवका लागि मानन्धरले ठाउँ खाली गर्न लागेको जानकारी बैठकमा गराएपनि सचिवालय सदस्य ईश्वर पोखरेलले उक्त प्रस्तावको तत्कालै विरोध गरेका थिए । मानन्धरले २३ गते पत्रकार सम्मेलनमार्फत आफूले राजिनामा गर्न लागेको जानकारी गराएपछि पार्टी भित्रै बामदेवका लागि प्रतिकुल अवस्था सिर्जना भएको थियो । 
गौतमको निर्णयका विरुद्धमा सुरुमा पोखरेल एक्लै देखिएपनि पछि पार्टी अध्यक्ष केपी शर्मा ओली, शीर्ष नेता माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल समेत निर्णयका विरुद्धमा उभिएका थिए । गौतमले आफ्नो निर्णय फिर्ता गर्ने बेलासम्म उनको पक्षमा अध्यक्ष दाहाल, सांसद मानन्धर र उनी स्वयम मात्रै देखिएका थिए । 
दुई पार्टीबीच एकता नहुँदै पनि माओवादी र विशेष गरी दाहाल निकटको आरोप खेप्दै आएका गौतमलाई पार्टी एकता भएपछि दाहालले पार्टीसँग छलफल नै नगरी सांसद बनाउन खेजेपछि यसले पूर्व एमाले पक्षधरमा आशंका उत्पन्न गराएको थियो । दाहालले पार्टी अध्यक्ष ओलीलाई कमजोर बनाउने रणनीति अनुसार चुनावमा हारेका गौतमलाई सांसद बनाउन खोजेको नेकपाका नेताहरुले बताउने गरेका छन् ।  

बामदेवलाई ओलीको जवाफ, ‘संविधानले मान्दैन, नत्र दुइटा प्रधानमन्त्री बनाउँथ्यौं’

काठमाडौं, १ पुस । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेव गौतमले स्थायी समितिमा राखेको प्रस्तावको खिल्ली उडाएका छन् । आईतबार नेकपा

आज महासमिति बैठक राजनीतिक प्रतिवेदनमाथि केन्द्रीत हुने

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको महासमिति बैठकमा आज राजनीतिक प्रतिवेदनमाथि नै छलफल केन्द्रीत हुने भएको छ । हिजो उद्घाटन भएको महासमिति बैठकमा

  ओली र दाहाललाई गौतमको काउन्टर - ‘कार्यकर्ता न अरिंगाल बने न त मौरी’ 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालले एक भएका दुई पार्टीको मन नमिलेको स्वीकार गरेका छन् ।

पुस १ लाई कालो दिवसका रुपमा मनाइँदै

काठमाडौ,१ पुस । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ