कमाउन गएको छोरो काठको बाकसमा फर्किएपछि...

साउदीको जुहेलस्थित एउटा मिनिरल वाटर कम्पनीमा कार्यरत थिए, झापा कन्काई नगरपालिका २ सुरुंगाका ३१ वर्षीय झलक श्रेष्ठ (दीपक) । गत असोज ८ गते बिहान श्रीमती विन्दुसँग उनले निकै लामो फोनमा कुरा गरेका थिए ।

श्रीमती विन्दुका अनुसार उनले दसैं बिदा नमिलेका कारण तिहारपछि आउने योजना सुनाए । कस्तो विडम्बना † त्यही दिन अपराह्न ४ बजे उनी दुर्घटनामा परे । तिहारपछि होइन, दसैंअघि नै उनी घर फर्किए तर काठको बाकस (कफिन) मा ।

जुहेलस्थित अल अब्दुल्लाह अब्दुल वाहक अल वाराक कम्पनीको हेभी ट्रकका चालक थिए दीपक । दुई वर्षअघि युसो ग्लोबल म्यानपावरमार्फत उनी त्यहाँ पुगेका हुन् । ‘ऊ तेस्रोपटक साउदी गएको थियो’, बुवा जितबहादुर भक्कानिए, ‘यसअघि पनि दसैंमा आउने, जाने गथ्र्यो । यो पटकचाहिँ पापी दैवले चुँडेर लग्यो ।’

मृत्युको दिन दीपक कम्पनीको मान्छे लिन एयरपोर्ट जाँदै थिए । तर, एयरपोर्ट पुग्न नपाउँदै बीच बाटोमै उनको गाडी दुर्घटना भयो । घटनास्थलमै उनको मृत्यु भयो । मृत्युको भोलिपल्ट मात्रै परिवारले खबर पाएको बताए । ‘छोराको मृत्युको भोलिपल्ट कम्पनीका सुपरभाइजर मनोज पौडेलले फोनबाट खबर सुनाए, तर पत्यार लागेन,’ बुवा जितबहादुरले बिलौना गर्दै भने, ‘यथार्थ रहेछ । अहिले पनि सपनाजस्तो लागिराछ ।’ कान्तिपुर दैनिकबाट ।

प्रहरी ऐनमा चलखेल

काठमाडौं - नेपाल प्रहरीभित्र ३० वर्षे सेवा अवधि कायम राख्ने कि हटाउने भन्ने विवाद चलिरहँदा तत्कालका लागि सो प्रावधान नहटाउने गरी विधेयकको मस्यौदा

१० न्यायाधीश बेरोजगार, हाजिर गर्दै घरतिर

काठमाडौं । उच्च अदालत र जिल्ला अदालतका १० न्यायाधीश तीन महिनादेखि बेरोजगार बनेका छन् । न्याय सम्पादनमा गम्भीर त्रुटि देखिएको भन्दै जिम्मेवारी

‘५० लाख दिनुस्, ओलीलाई मारिदिन्छु’ भनेको अभियोगमा एक पक्राउ

काठमाडौं : ‘५० लाख दिनुस् ओलीलाई मारिदिन्छु’ भन्दै सामाजिक संजालमा कमेन्ट गरेको अभियोगमा बानेश्वरमा बस्ने सिन्धुपाल्चोकका ३४ वर्षे लाल

राजा वीरेन्द्रको सम्पत्ति बिल्लिबाठ

काठमाडौं  : गणतन्त्रपछि पूर्वराजाको सम्पत्ति राष्ट्रियकरण भयो । तर, यसको चरम दुरुपयोग बढेको छ । सरकारले व्यक्तिलाभका लागि कानुनैसमेत फेरिदिन