कमाउन गएको छोरो काठको बाकसमा फर्किएपछि...

साउदीको जुहेलस्थित एउटा मिनिरल वाटर कम्पनीमा कार्यरत थिए, झापा कन्काई नगरपालिका २ सुरुंगाका ३१ वर्षीय झलक श्रेष्ठ (दीपक) । गत असोज ८ गते बिहान श्रीमती विन्दुसँग उनले निकै लामो फोनमा कुरा गरेका थिए ।

श्रीमती विन्दुका अनुसार उनले दसैं बिदा नमिलेका कारण तिहारपछि आउने योजना सुनाए । कस्तो विडम्बना † त्यही दिन अपराह्न ४ बजे उनी दुर्घटनामा परे । तिहारपछि होइन, दसैंअघि नै उनी घर फर्किए तर काठको बाकस (कफिन) मा ।

जुहेलस्थित अल अब्दुल्लाह अब्दुल वाहक अल वाराक कम्पनीको हेभी ट्रकका चालक थिए दीपक । दुई वर्षअघि युसो ग्लोबल म्यानपावरमार्फत उनी त्यहाँ पुगेका हुन् । ‘ऊ तेस्रोपटक साउदी गएको थियो’, बुवा जितबहादुर भक्कानिए, ‘यसअघि पनि दसैंमा आउने, जाने गथ्र्यो । यो पटकचाहिँ पापी दैवले चुँडेर लग्यो ।’

मृत्युको दिन दीपक कम्पनीको मान्छे लिन एयरपोर्ट जाँदै थिए । तर, एयरपोर्ट पुग्न नपाउँदै बीच बाटोमै उनको गाडी दुर्घटना भयो । घटनास्थलमै उनको मृत्यु भयो । मृत्युको भोलिपल्ट मात्रै परिवारले खबर पाएको बताए । ‘छोराको मृत्युको भोलिपल्ट कम्पनीका सुपरभाइजर मनोज पौडेलले फोनबाट खबर सुनाए, तर पत्यार लागेन,’ बुवा जितबहादुरले बिलौना गर्दै भने, ‘यथार्थ रहेछ । अहिले पनि सपनाजस्तो लागिराछ ।’ कान्तिपुर दैनिकबाट ।

एयर एसियाले बुझाएको साढे ११ करोड हरायो

काठमाडौ,२९ मंसिर । मलेसियाको एयर एसियाले नागरिक उड्डयन प्राधिकरणलाई करिब ४० करोड रुपैयाँ बक्यौताबापत बुझाएको १२ वटा चेक बाउन्स र १० वटा हराएको रहस्य

श्रृंखलाको अठोट, पहिलो महिला प्रधानमन्त्री बन्छु

काठमाडौ,२९ मंसिर । दरबार मार्गस्थित पाँचतारे होटल अन्नपूर्णको खचाखच वातावरणबीच शृंखला खतिवडासंग सोधियो,‘अबको यात्रा के हुन्छ ?’‘देशकै पहिलो

सांसदको तजबिजीमा साढे ६ अर्बका योजना बाँडफाँट

काठमाडौ,२९ मंसिर । संघीय सांसदले तजबिजीमा करिब साढे ६ अर्ब रुपैयाँबराबरका योजना बाँडफाँट गरेका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी

घरधनी सांसदलाई घरभाडा

राजधानीमा घर हुने सांसदले ‘घर छैन’ भनेर संसद् सचिवालयबाट महिनैपिच्छे भाडा लिइरहेका छन् । यस्तो सुविधा लिनेमा उद्योगी, व्यापारी र दलका चर्चित नेता