चिनीमा राजनीति ‘गम्भीर आर्थिक चलखेल’

चाडपर्वका बेला सरकारी निकाय र चिनी उद्योगको मिलेमतोमा चिनीको मूल्य चरम वृद्धि गर्दै ‘आर्थिक चलखेल’ भएको निष्कर्ष संसद्को सार्वजनिक लेखा समितिअन्तर्गत छानबिन गर्न बनेको उपसमितिले निकालेको छ।

लेखा समितिअन्तर्गत गठित उपसमितिले बिहीबार समितिमा प्रतिवेदन बुझाउँदै आर्थिक चलखेल भएकाले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न निर्देशन दिनुपर्ने सुझावसमेत दिएको छ।

सांसद लेखराज भट्टको संयोजकत्वमा गठित उपसमितिको प्रतिवेदनमा चिनी उद्योगले मूल्यमा कार्टेलिङ गरेको र त्यसमा सरकारी निकायले सहयोग गरेको उल्लेख छ। ‘चिनीको मूल्यमा भएको मनपरीमा अर्थ मन्त्रालयबाट गडबढी भएको देखिन्छ,’ भट्टले नागरिकसँग भने, ‘सरकारले चिनी आयात रोक्ने र उपभोक्ताको हितमा रहेका सम्झौतासमेत कार्यान्वयन गरेको देखिँदैन।’ सरकारले चिनीको मूल्यका विषयमा गम्भीर रूपमा अनुगमन गर्न नसकेको र जथाभाबी रूपमा मूल्य बढेको विषयमा हस्तक्षेप गर्न नसकेको भट्टले बताए।

सरकारले साउन अन्तिम साता एक लाख मेट्रिक टनमात्र चिनी आयात गर्न पाउने परिमाणात्मक बन्देज लगाएको थियो। उक्त परिमाणको चिनी आयात भइसकेको अवस्थामा चिनीको मूल्य चरम रूपमा वृद्धि भइरहेको छ।

चिनी उद्योगले वैशाखमा प्रतिकेजी मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक ५३ रुपैयाँमा र भ्याटसहित ६३ रुपैयाँमा दिइरहेको अवस्थामा त्यसपछि सरकारको विभिन्न निर्णयका कारण मूल्य ७० रुपैयाँभन्दा माथि पुगेको समितिले जनाएको छ। सरकारले व्यवसायीको प्रभावमा परेर चिनी आयातमा ३० प्रतिशत भन्सार कर पु-याएको र त्यसपछि चिनी आयात रोकेर मूल्यवृद्धि गर्न सहयोग गरेको समितिको निष्कर्ष छ। मुलुकमा चलेका मुख्य १२ वटा चिनी उद्योगले कार्टेलिङसमेत गरेको प्रतिवेदनमा उल्लेख छ।

चिनी आयातमा प्रतिबन्ध लगाउँदा अहिले काठमाडौंमा प्रतिकेजी ९० रुपैयाँसम्म पुगेको र उपत्यकाबाहिर त्योभन्दा धेरै महँगो रहेको भट्टले बताए। ‘काठमाडौंमा कतिपय ठाउँमा ९० रुपैयाँसम्म पुगको देखिन्छ,’ भट्टले भने, ‘धनगढी, डोटीमा एक सय रुपैयाँ र हुम्ला, जुम्लामा एक सय ३२ रुपैयाँसम्म पुगको छ।’ नागरिक दैनिकबाट ।

पञ्जीकरण भएनन् यातायात व्यवसायी

काठमाडौं । सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार (सिण्डिकेट) खारेज गरेको एक वर्ष पुग्नै लाग्दा ठूला यातायात व्यवसायी सङ्घअन्तर्गतका सार्वजनिक

थोत्रा दमकलको डम्पिङ साईट बन्दै नेपाल

 काठमाडौं । विदेशमा थोत्रा भएर फाल्ने अवस्थामा पुगेका दमकल र आगलागीमा प्रयोग हुने अन्य सवारी उपकरण नेपालकोलागि आगलागी नियन्त्रणको भरपर्दो सवारी

वैदेशिक रोजगारीको पीडा: एउटाको शव नआउँदै अर्को बिदेशिन तयार

झापा। वैदेशिक रोजगारीका लागि कुवेत गएका झापा शिव सताक्षी नगरपालिका माईधारका विष्णु घिमिरेको लास बाकसमा बेरिएर आएको घटना सेलाउन नपाउँदै उनकै भाइ

कांग्रेसले सरकारको कपी जाँच्यो-\'थर्ड डिभिजन पनि ल्याएन\'

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले दुईतिहाइको कम्युनिस्ट सरकारको एकवर्षे कार्यकालमा शून्य सुशासन देखिएको निष्कर्ष निकालेको छ । कांग्रेसले