साथीकै सहयोगमा बालिकाको जंगलमा लगेर सामूहिक बलात्कार

मोरङको पथरीशनिश्चरे नगरपालिकाकी एक बालिका गत मंगलबार बलात्कारको सिकार भइन्। उनलाई जंगलमा लगी सामूहिक बलात्कार गरिएको थियो।

१३ वर्षीय बालिका पथरीशनिश्चरे १० स्थित मामाघरबाट मंगलबार दिउँसो हराएकी थिइन्। उनी केही समयदेखि मामाघरमै बस्दै आएकी थिइन्। बलात्कारबाट घाइते भएकी उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घरबाट बेहोस अवस्थामा उपचारका लागि लगिएकी उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकलाई उद्धिृत गर्दै प्रहरीले जनाएको छ।

घटनामा संलग्न पथरीशनिश्चरे–१ का २३ बर्से मनोज राई र पथरीशनिश्चरे–९ का २२ बर्से राजकुमार माझीलाई बुधबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ। प्रहरीले दुवै जनामाथि जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा चलाउन बिहीबार जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको जनाएको छ।

बलात्कारमा सहयोगी भूमिका खेलेको भन्दै पीडित बालिकाकी एक जना साथीलाई पनि प्रहरीले पक्राउ गरेको छ। पथरीशनिश्चरे पुलचोक निवासी विपना महरालाई बिहीबार पक्राउ गरेर अनुसन्धान सुरु गरिएको बजगाईंले बताए। विपना र बालात्कृत बालिका एउटै कक्षामा पढ्ने साथी हुन्। विपनाले जन्मदिन मनाउन भन्दै मोटरसाइकलमा दुई युवाको साथमा आफ्नो घरमा लिएर गएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। विपनासँगै मोटरसाइकलमा गएका उनीहरूलाई स्थानीयले देखेका थिए।

‘घरबाट बोलाएर जंगलमा पुर्‍याएपछि बलात्कार गरेको खुलेको छ’, बजगाईंले भने, ‘बलात्कार गर्नुअघि घरेलु मदिरा पनि सेवन गराएको पुष्टि भयो।’ उनका अनुसार मदिरा खुवाई लट्याएर आफूमाथि बलात्कार गरेको जानकारी बालिकाले गराएकी छन्।  अन्नपूर्ण पोस्टबाट ।

मेलम्चीको पानी दुई महिनाभित्र सुुन्दरीजलमा

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ ।  दैनिक २ सय ५० मिटरका दरले ढलान भइरहेको भन्दै आयोजना प्रमुख

ठूला उद्योगीले तिरेनन् ५२ करोड

मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गर्दै आएका छन् । विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयलाई उनीहरूबाट करबापतको

नेकपाको तल्ला कमिटीको एकता दसैंपछि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय र स्थायी समिति बैठक पटक–पटक सरेपछि एकीकरणसम्बन्धी बाँकी काम दसैँपछि धकेलिएको छ । गत २४ असोजका

जब प्रचण्डले पिङ खेल्दै दशैको शुभकामना दिए

ढोलाहिटीमा पिङ खेल्दै नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले टोलबासीसँग दसैंको शुभकामना आदानप्रदान गरेका छन्। टोलबासीले बनाएको