चुनाव लड्ने निर्णयबाट बामदेव पछि हटे

नेकपाका नेता वामदेव गौतम काठमाडौं–७ बाट निर्वाचन लड्ने निर्णयबाट पछि हटेका छन्। गौतमले काठमाडाैं–७ लाई खाली गराएर उपनिर्वाचनमार्फत चुनाव लड्ने निर्णय गरेसँगै पार्टीभित्रै तीव्र असन्तुष्टि उत्पन्न भएको थियो। पार्टी नेतृत्वबाटै असहयोगको अवस्था आएपछि गौतम आफ्नो निर्णयबाट पछि हटेको जानकारी उनी निकट नेता भोजविक्रम मगरले दिए। ‘पार्टीभित्रैबाट असहयोग हुने भएपछि काठमाडौं–७ लाई खाली गराएर चुनाव लड्ने निर्णयबाट गौतमजी पछि हट्नुभएको हो’, मगरले भने।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा बर्दिया निर्वाचन क्षेत्र–१ बाट पराजित गौतमले काठमाडौं–७ लाई खाली गराएर फेरि चुनाव लड्ने योजना बुनेका थिए। काठमाडौं–७ बाट प्रतिनिधिसभा सदस्यमा विजयी नेकपाका रामवीर मानन्धरले गौतम यस क्षेत्रबाट चुनाव लड्ने भए आफूले राजीनामा दिएर ठाउँ खाली गर्ने घोषणा गरेका थिए। मानन्धरले गौतमका लागि निर्वाचन क्षेत्र खाली गरिदिन पार्टी अध्यक्ष पुष्पकमल दाहालमार्फत राजीनामा बुझाएका थिए । मानन्धरको राजीनामा र गौतमले काठमाडौंबाट चुनाव लड्ने विषयले गत २२ गते बसेको नेकपा सचिवालय बैठकमा प्रवेश पाएको थियो। मानन्धर आफैंले पनि पत्रकार सम्मेलन गरी गौतमका लागि आफूले राजीनामा दिने बताएका थिए। गौतमको चुनाव लड्ने निर्णय र मानन्धरको राजीनामा घोषणालाई लिएर पार्टी पंक्तिभित्रै समर्थन र विरोधका स्वर सुनिन थालेका थिए। पार्टीभित्र समर्थनभन्दा पनि विरोधको स्वर चर्को भएकाले गौतम ‘ब्याक’ भएका हुन्।

काठमाडौंबाट चुनाव लड्ने गौतमको निर्णयप्रति पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेता माधव नेपाल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ हुँदै महासचिव विष्णु पौडेलसमेत असहमति थिए। उनलाई काठमाडौंबाहिरका जिल्लाबाट निर्वाचित गराएर प्रतिनिधिसभामा ल्याउन भने नेता नेपाल र महासचिव पौडेल सकारात्मक थिए।

नेकपा सचिवालय सदस्य पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लामो प्रतिक्रिया लेख्दै काठमाडौं– ७ बाट चुनाव लड्ने गौतमको निर्णयको आलोचना गरेका थिए। यस्तै स्थायी समिति सदस्य भीम रावलले पनि सामाजिक सञ्जालबाटै गौतमको निर्णयको विरोध गरेका थिए। बिहीबारसम्म आइपुग्दा गौतमको निर्णयका पक्षमा उनी स्वयं, पार्टी अध्यक्ष दाहाल र मानन्धरमात्रै देखिए। नागरिक दैनिकबाट ।

उपेन्द्र यादवले सरकार छाड्ने

काठमाडौँ — संविधान संशोधनलगायतका राजनीतिक मुद्दामार्फत संगठनलाई राष्ट्रव्यापी बनाउने अभियानमा जुट्न समाजवादी पार्टी सरकारबाट बाहिरिने तयारीमा

भारतमा लोकसभा चुनाव : मोदी दोहोरिने प्रक्षेपण

नयाँदिल्ली — भारतमा १७ औं लोकसभा चुनावअन्तर्गत आइतबार सातौं अर्थात् अन्तिम चरणको मतदान सकिएको छ । मतदान पूरा भएलगत्तै सार्वजनिक भएका आधा दर्जन मत

‘अधिनायकवादतर्फ उन्मुख सरकार’

काठमाडौं : नागरिक समाजका अगुवाले सरकार अधिनायकवादको बाटोमा गएको भन्दै आन्दोलनमा जानुको विकल्प नरहेको बताएका छन्। लोकतन्त्रलाई दीगो र स्थायित्व

त्रिशूलीमा बस दुर्घटना : आमा र दिदी पर्खिरहेकी छिन् स्वस्तिका

धादिङ : गजुरी गाउँपालिका-५ गलौंदीकी ४ वर्षीया स्वस्तिका पन्त आमा र दिदीसँगै काठमाडौं जान बिहान ६ बजे गाडी चढिन्। १५ मिनेट बित्न नपाउँदै उनीहरू चढेको