मनि ट्रान्सफरबाट दुई लाख लुट्ने समातिए 

भक्तपुर ।  मनि ट्रान्सफरबाट पैसा लिएर जाँदै गरेका व्यक्तिबाट पैसा लुटेर भाग्दै गर्दा लुटेराहरु समातिएका छन् ।
दुई लाख लुटपाट गरी फरार भएका लुटेरालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । 

मध्यपुरथिमि नगरपालिका–५ सयपत्री टोलका जया कोइरालाले दशैँका लागि मनि ट्रान्सफरबाट रु दुई लाख झिकेर झोलामा राखी लैजाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले नगद बोकेको उक्त झोला लुटेर भागेका थिए । 

भक्तपुर चाँगुनारायण नगरपालिका– २ दुवाकोट सडकस्थित हनुमन्ते पुलमा नगद बोकेको झोला लुटेर भाग्ने दुई जनामध्ये एक जनालाई लुटेको रकम र सो कार्यमा प्रयोग भएको मोटरसाइकलसहित पक्राउ गरेको छ । 

पक्राउपर्नेमा सिन्धुपाल्चोक बलेफी घर भई हाल मध्यपुरथिमि चपाचो बस्दै आएका २० वर्षीय सुजन तामाङ रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए। 

तामाङका साथबाट लुटपाटमा प्रयोग भएको बा९१प ५५१३ नंको मोटरसाइकल र लुटिएको नगद रु दुई लाख बरामद गरेको उनले जानकारी दिए। लुटपाटमा संलग्न अर्को एक जनाको खोजी कार्य भइरहेको पनि प्रहरी नायब उपरीक्षक केसीले बताए। 

प्रनाउ केसीका अनुसार कोइरालाले सल्लाघारीमा रहेको दुई वटा मनिट्रान्सफरबाट रु एक÷एक लाख झिकेर कागजमा पोको पारी झोलामा हालेर घर जाँदै गर्दा मोटरसाइकलमा आएका दुई लुटेराले झोला खोसेर लगेको जानकारी पाएलगत्तै प्रहरीले चौतर्फी नाकाबन्दी गरेर खोजी गरेको बताए। 

दशैँको आगमनसँगै चोरी र लुटपाटका घटना हुनसक्ने भन्दै प्रहरीले व्यापक निगरानी बढाएको जानकारी उनले दिए। प्रनाउ केसीले भने, “चाडबाडको मुखमा चोरी, लुटपाट र अन्य अपराधका घटना बढ्न सक्छ, यसलाई मध्यनजर गर्दै हामीले व्यापकरुपमा प्रहरी परिचालन गरेका छौँ ।” 

सादा पोषाकका प्रहरी, गस्ती प्रहरी, मोबाइल भ्यान, दिवा र रात्रि गस्ती, एम्बुसिङ, छड्के चेकिङ बढाएको तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको प्रनाउ केसीले बताए। अपरिचित व्यक्ति आएमा वा शङ्कास्पद कुनै गतिविधि गरेमा तत्काल प्रहरीलाई खबर गर्नसमेत सर्वसाधारणमा उनले आग्रह गरे। रासस

 हात्तीले गोसाइको टाउकोमा कुल्चिएर ज्यान लियो

 कञ्चनरुप । कञ्चनरुप नगरपालिकामा हात्तीको आक्रमण परी एक वृद्धको ज्यान गएको छ । हात्तीको समूहले गए राति बाली सुरक्षार्थ खेतमा बसेका वडा नं ६ जमुवाका

 मन्तव्य राख्ने क्रममा ढलेर निधन

 पाँचथर । फिदिम नगरपालिका–१४ स्थित महादेव गुप्तेश्वर माविका शिक्षक लालबहादुर फागोको विद्यालयमा आफ्नो स्वागतका लागि राखिएको कार्यक्रममा

राजपा केन्द्रीय सदस्यद्वय थुनामा

सिरहा । पूर्वसांसद तथा राजपा नेपालका केन्द्रीय सदस्य विश्वनाथप्रसाद यादव र राजपा नेपालका अर्का केन्द्रीय सदस्य हरिनारायण मण्डल सोमबार पुर्पक्षका

महिला हिंसा हुन नदिन थप विशेष प्रहरी टोली

काठमाडौँ, ६ जेठ । सार्वजानिक यातायातमा महिलामाथि हिंसा हुन नदिन प्रहरीले आगामी दिन थप विशेष टोली परिचालन गर्ने भएको छ । गत वर्ष उपत्यकाभित्रका बढी चाप