निर्मला पन्तको प्रमाण सुरक्षित राख्न आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा मृतक पन्तबाट सङ्कलित ‘भेजिनल स्वाव’को नमूना सुरक्षित राख्न निर्देशन दिएको छ । 

आयोगले आज पन्तको यौनिक स्वाव र नमूनाबाट पृथककीकरण डिएनएलगायतका सबूत जे–जस्तो अवस्थामा भए पनि सुरक्षित राख्न प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौँलाई निर्देशन दिएको आयोगका निमिक्त सचिव मुरारीप्रसाद खरेलले जानकारी दिए। 

त्यसैगरी मृतक निर्मला पन्तको भेजिनल स्वाव नमूना सङ्कलन गरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउँदा अपनाइएको प्रक्रियाका बारेमा जानकारी गराउन महाकाली अञ्चल अस्पताल, कञ्चनपुरलाई पनि आयोगले पत्राचार गरेको छ । 

यसैबीच आयोगले आजै पन्तको बलात्कारपछि हत्याको घटनाका सम्बन्धमा चिकित्सकीय जाँच तथा सबुदको वैज्ञानिक परीक्षणका बारेमा चिकित्सा विज्ञ र डिएनए विज्ञसँग छलफल गरेको छ । आयोगले पन्तको डिएनए परीक्षण प्रतिवेदन र शव परीक्षण प्रतिवेदनका प्रतिलिपिको समेत सूक्ष्म अध्ययनका बारेमा छलफल गरेको हो । 

छलफलमा आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्ती, सदस्य सुदीप पाठक, त्रिवि फरेन्सिक मेडिसिन विभागका कानूनी चिकित्सा विज्ञ डा हरिहर वस्ती, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनए विज्ञ वैज्ञानिक डा दिनेश झालगायत थिए । रासस 

शिशु हत्या गरेर भाग्नेलाई प्रहरीले समात्यो

इटहरी, ३ कात्तिक । महोत्तरी औराही–१ को ८ महीने शिशुको अपहरण गरी यौन दुव्र्यवहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई आज सुनसरीबाट पक्राउ गरेको छ

प्रधानमन्त्रीबाट एचआइभी सङ्क्रमित बालबालिकालाई टीका

काठमाडौँ, ३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सदन कीर्तिपुर, भत्केपाटीमा अध्ययनरत एचआइभी सङ्क्रमित बालबालिकालाई आज दशैँको टीका

नागरिकता विवरणमा हेर्नेमात्र पहुँच

काठमाडौं, ३ कात्तिक । सरकारले नेपाली नागरिकको नागरिकता प्रमाणपत्रको विवरण (डेटा) मा सेवा प्रवाह गर्ने निकायलाई हेर्ने मात्र (रिड वन्ली एक्सेस)

खुकुरी प्रहार गरी युवकको हत्या

उर्लाबारी, ३ कात्तिक । मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ । गए राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले