न्युरोडको  पिनट्स सपिङ सेन्टरमा सिलबन्दी

काठमाडौं । उपभोक्ता ठगेको अभियोगमा न्युरोडको पिनट्स सपिङ सेन्टरमा सरकारले सिलबन्दी गरेको छ । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को शुल्क लिइ ठगी गरेको भन्दै न्यूरोडस्थित पिनट्स सपिङ सेन्टरमा सिलबन्दी गरेको छ । अनुगनका क्रममा सेन्टरले उपभोक्तासँग ३०० प्रतिशतसम्म शुल्क असुल गरेको पाइएको विभागका महानिर्देश योगेन्द्र गौचनले जानकारी दिए। 

उनले भने, “अनुगमनका क्रममा व्यापारीले कपडा बिक्री गर्दा परल मूल्यभन्दा २०० देखि ३०० प्रतिशतसम्म बढी लिइएको पाइयो । अत्यधिक नाफा राखेर बिक्री गरेको पाइएपछि सेन्टरमा सिलबन्दी गरेका हौँ ।” 

विभागले अनुसन्धान अधिकृतको संयोजकत्वमा एक समिति बनाएर उक्त सेन्टरका सञ्चालकसँग बयान लिने र छानबिन गर्ने तयारीसमेत गरेको छ । कालोबजारी ऐन र उपभोक्ता संरक्षण ऐनअनुसार ती व्यापारीलाई कारवाही हुने विभागले जनाएको छ । रासस

शिशु हत्या गरेर भाग्नेलाई प्रहरीले समात्यो

इटहरी, ३ कात्तिक । महोत्तरी औराही–१ को ८ महीने शिशुको अपहरण गरी यौन दुव्र्यवहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई आज सुनसरीबाट पक्राउ गरेको छ

प्रधानमन्त्रीबाट एचआइभी सङ्क्रमित बालबालिकालाई टीका

काठमाडौँ, ३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सदन कीर्तिपुर, भत्केपाटीमा अध्ययनरत एचआइभी सङ्क्रमित बालबालिकालाई आज दशैँको टीका

नागरिकता विवरणमा हेर्नेमात्र पहुँच

काठमाडौं, ३ कात्तिक । सरकारले नेपाली नागरिकको नागरिकता प्रमाणपत्रको विवरण (डेटा) मा सेवा प्रवाह गर्ने निकायलाई हेर्ने मात्र (रिड वन्ली एक्सेस)

खुकुरी प्रहार गरी युवकको हत्या

उर्लाबारी, ३ कात्तिक । मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ । गए राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले