बामदेवको छटपटीले प्रधानमन्त्रीलाई ‘थ्रेट’

काठमाडौं । बामदेव गौतम उपनिर्वाचनबाट चुनिएर संसदमा प्रवेश गर्ने चर्चालाई विगतमा चर्चित महाकाली सन्धीसँग जोडेर विश्लेषण गर्न थालिएको छ । खासगरी गौतमकै पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र यसलाई ‘महाकाली प्रकरण’ दोहो¥याउने खेल सुरु भएको भनेर एकथरीले व्याख्या गर्न थालेको बुझिन्छ । ०५४ सालमा तत्कालिन संसदमा महाकाली सन्धि पारित गरेपछि त्यही प्रकरणको असरले एमाले विभाजित भएको थियो बामदेवको नेतृत्वमा ।

यतिबेला नेकपाको एमाले खेमा पुष्पकमल दाहाल र नेता गौतमको गठजोड बनाएर विदेशी शक्तिले ‘महाकाली प्रकरण’को दोस्रो भाग मञ्चन गर्न लागेको अर्थ लगाईरहेको बुझिन्छ । 

बर्दियालाई आफ्नो स्थायी किल्ला ठान्दै आएका गौतम गत निर्वाचनमा पराजय भोगेपछि नराम्रोसँग रन्थनिएका थिए । उनलाई नेपाली कांग्रेसका सञ्जय गौतमले १८ सय मतले हराएपछि बामदेव पार्टीकै शीर्ष नेतृत्वले आफूलाई तगारो लगाएको निष्कर्षमा पुगेका थिए । उनले निर्वाचन परिणाम आएपछि निकट सहयोगीसँग शीर्ष नेतृत्वले आफूलाई निर्वाचनबाट रोकेको निष्कर्ष सुनाएका थिए । लगत्तै अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको पटक पटकको अन्तरंग परामर्शपछि गौतम कुनै न कुनै उपायबाट संसदमा पस्ने मौकाको खोजीमा रहेको चर्चा थियो । उनले यसका लागि डोल्पा, रुकुम पश्चिमलगायतमा एक दर्जन निर्वाचन क्षेत्रमा उपनिर्वाचन लड्न निकै गुप्त गृहकार्य पनि गरेका थिए ।

ती जिल्लाहरुमा संभावना नभएपछि अचानक काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित रामबीर मानन्धरलाई राजीनामा गराएर गौतमलाई उपनिर्वाचन लडाउने योजना चर्चामा आयो । रामबीरले आफ्नो क्षेत्र छाड्ने सार्बजनिक रुपमै घोषणा पनि गरे तर त्यो घोषणाको तरंग फैलिनसक्दै उनलाई रोक्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नै अग्रसर भएको कुरा प्रकाशमा आयो ।

असोज २३ गते राजधानीमा पत्रकार सम्मेलन गरेर मानन्धरले राजीनामाका लागि स्वीकृति पाउँ भन्दै पार्टी सचिवालयमा निवेदन दर्ता गराइसकेको खुलासा गरिसकेका छन् । पार्टी सचिवालयले उक्त निवेदन पारित गरेपछि गौतमका लागि काठमाडौं ७ को मैदान खुला हुने बताईएको छ ।  

स्मरणीय छ कुरा के छ भने ०५४ साल फागुन २१ गते गौतमकै नेतृत्वमा तत्कालिन एमाले विभाजित भएको थियो । विभाजित भएर बनेको नेकपा माले पार्टी टिक्न मुस्किल भएपछि ०५८ फागुनमा पुनः मूल पार्टीमा विलय भएको थियो ।

यस पृष्ठभूमिलाई हेर्दा गौतम नेपाली राजनीतिका एक अस्थिर पात्रका रुपमा चिनिन्छन् । तीन पटक उपप्रधान र गृह मन्त्री भइसकेका, श्रीमती समेत संघीय संसदमा समानुपातिक कोटाबाट सांसद रहेको अवस्थामा ७० वर्ष नाघिसकेका गौतमले संसदमा पस्न गरेको जोडबललाई नेकपाका कतिपय नेताले पुष्पकमल दाहालको राजनीतिक दाउपेच भनेर पनि अथ्र्याएको बताईन्छ । त्यस्तै कतिपयको धारणामा मित्र राष्ट्रहरुको प्रेरणामा पनि अचानक यस्तो राजनीतिक चलखेल सुरुभएको अड्कलबाजी गरिएको पाईन्छ ।

 नेकपाका एक नेताका अनुसार,गौतमको ‘राजनीतिक छटपटी’ प्रधानमन्त्रीको विकल्पको तयारी हो । बर्दियाको पराजयले गौतम अध्यक्ष ओलीलाई नै चुनौति बन्न चाहन्छन् । उनको यही ‘इगो’लाई अर्का अध्यक्ष दाहाल र ओलीसँग अप्रसन्न शक्ति केन्द्रले उपयोग गर्न खोजिरहेको छ । 

  गौतमको राजनीतिक गतिविधिबाट सतर्क बनेका प्रधानमन्त्री ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, इश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, विष्णु पौडेल अब के गरेर गौतमलाई शान्त पार्ने भन्ने कुराले तनावमा परेको बुझिएको छ । 

गौतमको महत्वाकांक्षाको उचित सम्वोधन नगरिए सरकार नै धरमराउन सक्ने एकथरीको तर्क सुनिन्छ । अध्यक्ष दाहालसँग निरन्तर संवादमा रहेका मधेशवादी दलहरु यता आएर प्रधानमन्त्री ओलीसँग अप्रशन्न भएको सन्दर्भमा संसदमा विश्वासको मत माग्नुपर्ने परिस्थिति आएमा आश्चर्य नहुने एक नेताले सरल पत्रिकासँग बताए ।  (तस्बिर सौजन्य: प्रकाश खबर) 
 

यस्तो छ कांङ्ग्रेस महासमितिको झलक

काठमाडौं । सङ्घीय संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको महासमिति बैठक अहिले शुरु भएको छ । सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा आयोजित

नेपाली कांग्रेसको महासमिति बैठक उद्घाटन आज

काठमाडौ,२९ मंसिर । नेपाली कांग्रेसको बहुप्रतीक्षित महासमिति बैठक झण्डै ६ वर्षपछि आज काठमाडौमा सुरु हुँदैछ । विधानमा प्रत्येक वर्ष गर्नुपर्ने

नेकपा स्थायी कमिटी बैठक आज,सरकारको समिक्षा होला ?

काठमाडौ,२९ मंसिर । झण्डै पाँच महिनापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकमा सचिवालयले प्रस्तुत गर्ने झण्डै आधा

कांग्रेस महासमिति: अन्तिम भोज खाने कि जागेर जाने ?

नेपाली कांग्रेसले जहानियाँ निरंकुश राणातन्त्र, राजाको अधिनायकत्वको एकदलीय निरंकुश पञ्चायत र त्यसपछि फेरि राजाको प्रत्यक्ष शासन विरुद्धका