विखण्डनकारी समूह सेनाको सुक्ष्म निगरानीमा

काठमाडौं, २५ असोज । नेपाली सेनाले बिखण्डनकारी समूहरुका गतिविधिमाथि सुक्ष्म निगरानी गरिरहेको जनाएको छ । सरकारले जिम्मेवारी दिए त्यस्ता गतिविधि नियन्त्रणका लागि सेना तयार रहेको समेत जनाएको छ ।

दशैंका अवसरमा आज आर्मी अफिसर्स क्लबमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले विखण्डनकारी समूहहरुका गतिविधि सेनाको सुक्ष्म निगरानीमा रहेको बताएका हुन् ।

ति समूहका गतिविधि नियन्त्रणको काम सेनाको क्षेत्रभित्र नरहेको भएपनि चनाखो भएर अध्ययन गरिरहेको उनको भनाइ थियो । ‘अहिले सुक्ष्म निगरानी गरिरहेका छौं । राज्यले आवश्यक ठाने सेना तयार छ,’ प्रधानसेनापति थापाले भने ।

नेपाली सेना संविधानले दिएको दायित्व भित्र रहेर काम गरिरहेको उनको भनाइ थियो ।  उनले सेनाभित्र पनि सुधार काम गर्नु आवश्यक रहेको बताए । भ्रष्टाचार नियन्त्रणका लागि सबै क्षेत्रबाट प्रयास हुनु पर्ने उनको धारणा थियो । सेनाभित्र भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न संयन्त्र रहेको उल्लेख गर्दै सुधार गरिने बताए ।

 

शिशु हत्या गरेर भाग्नेलाई प्रहरीले समात्यो

इटहरी, ३ कात्तिक । महोत्तरी औराही–१ को ८ महीने शिशुको अपहरण गरी यौन दुव्र्यवहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई आज सुनसरीबाट पक्राउ गरेको छ

प्रधानमन्त्रीबाट एचआइभी सङ्क्रमित बालबालिकालाई टीका

काठमाडौँ, ३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सदन कीर्तिपुर, भत्केपाटीमा अध्ययनरत एचआइभी सङ्क्रमित बालबालिकालाई आज दशैँको टीका

नागरिकता विवरणमा हेर्नेमात्र पहुँच

काठमाडौं, ३ कात्तिक । सरकारले नेपाली नागरिकको नागरिकता प्रमाणपत्रको विवरण (डेटा) मा सेवा प्रवाह गर्ने निकायलाई हेर्ने मात्र (रिड वन्ली एक्सेस)

खुकुरी प्रहार गरी युवकको हत्या

उर्लाबारी, ३ कात्तिक । मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ । गए राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले