घाँस काट्दा लडेर दुई युवकको मृत्यु

जाजरकोट, २५ असोज । घाँस काट्न गएका दुई युवकको लडेर मृत्यु भएको छ ।

आज जाजरकोटको बारेकोट गाउँपालिका–९ काप्तीका लालबहादुर खड्काको घाँस काट्दै गर्दा लडेर मृत्यु भएको स्थानीय बासिन्दाले बताए । स्थानीय लोकेन्द्र गौतमका अनुसार, लाल घाँस काट्दै गर्दा चिप्लिएका थिए ।

आज नै बारेकोट गाउँपालिका–५ का हरिबहादुर सिंहको पनि घाँस काटेर फर्किदै गर्दा लडेर मृत्यु भएको छ । स्थानीय सरस्वती मावि नायकवाडा सिलिगिचौरका शिक्षक घमण्ड शाहका अनुसार, जंगलमा घाँस काटेर फर्किदै गर्दा लडेर मृत्यु भएको हो ।

 

शिशु हत्या गरेर भाग्नेलाई प्रहरीले समात्यो

इटहरी, ३ कात्तिक । महोत्तरी औराही–१ को ८ महीने शिशुको अपहरण गरी यौन दुव्र्यवहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई आज सुनसरीबाट पक्राउ गरेको छ

प्रधानमन्त्रीबाट एचआइभी सङ्क्रमित बालबालिकालाई टीका

काठमाडौँ, ३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सदन कीर्तिपुर, भत्केपाटीमा अध्ययनरत एचआइभी सङ्क्रमित बालबालिकालाई आज दशैँको टीका

नागरिकता विवरणमा हेर्नेमात्र पहुँच

काठमाडौं, ३ कात्तिक । सरकारले नेपाली नागरिकको नागरिकता प्रमाणपत्रको विवरण (डेटा) मा सेवा प्रवाह गर्ने निकायलाई हेर्ने मात्र (रिड वन्ली एक्सेस)

खुकुरी प्रहार गरी युवकको हत्या

उर्लाबारी, ३ कात्तिक । मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ । गए राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले