माटोको ढिस्कोमा पुरिएर चार बालिका घाइते

गौशाला, २५ असोज । माटोको ढिस्कोमा पुरिएर महोत्तरीको औरही नगरपालिकामा चार बालिका घाइते भएका छन् । एकको अवस्था गम्भीर रहेको छ ।

घाइते हुनेमा औरही नगरपालिका–३ श्रीपुर बस्ने विनोद साहकी १० वर्षीया छोरी मन्तोरिया साह, सम्झारो महतोकी ६ वर्षीया छोरी रीता महतो, दरेश यादवकी १२ वर्षीया छोरी काजल यादव र ८ वर्षीया छोरी वसन्ती यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

दशैँको बेला घर लिपपोत गर्नका लागि आज बिहान १० बजेतिर गाउँमै रहेको नदीको किनारमा माटो ल्याउन गएका चारै जना बालिका माटोकै ढिस्कोमा पुरिएर घाइते भएका हुन् ।

घाइतेमध्ये मन्तोरियाको अवस्था गम्भीर रहेकाले उनलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको छ भने अन्य तीन जना बालिकाको उपचार गाउँकै एक निजी क्लिनिकमा भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस

आहारा जोगाउँदै गर्दै बाघ संरक्षण गर्नुपर्ने चुनौती

बाँके, १ कात्तिक । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ह्वात्तै बढ्यो । बाघ संरक्षणकै लागि स्थापना गरिएको निकुञ्जमा बाघ गणनाको पछिल्लो

राजदेवीमा १५ हजार बोका बलि

जनकपुरधाम, १ कात्तिक । शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ९९७ बोकाको बलि चढाइएको छ । यस पटक गत वर्षभन्दा दुई हजार ५५० बढी बोकाको बलि बढी चढेको छ ।

 डेढ सय महिला–बालबालिका हराए

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकबाट १५० महिला तथा बालबालिका हराएका छन् ।   तीन वर्षमा हराएका ३९६ महिला तथा बालबालिकामध्ये २५१ जना फेला परेको

पूर्वराजाद्वारा शक्तिपीठमा पूजार्चना

काठमाडौँ, ३१ असोज । महाअष्टमीको दिन आज पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरहरूमा