भूकम्पपीडित अनुदानको समयसीमा पुनः थप

काठमाडौं, २५ असोज । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडित आवास अनुदान रकम बुझ्ने समयसीमा थप गरेको छ ।

प्राधिकरणको निर्देशक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो किस्ता अनुदान बुझ्ने म्याद थप गरेको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए । “थुप्रै पीडितले हालसम्म पनि पहिलो, दोस्रो र तेस्रो किस्ता बुझिनसकेकाले समयावधि थप गरिएको हो”, उनले भने ।

प्राधिकरणको तथ्याङ्कअनुसार २०७५ असार मसान्तसम्म पहिलो किस्ता लिन बाँकी लाभग्राहीले पुस मसान्तसम्म समयावधि थप गरेको छ । त्यस्तै २०७६ बैसाख मसान्तभित्र दोस्रो र तेस्रो किस्ता लिइसक्नुपर्नेछ ।

हालसम्म पहिलो किस्तासमेत नपाउनेको लाभग्राहीको हकमा प्राधिकरणले फरक खालको समय सीमा निर्धारण गरेको छ । प्राधिकरणले पहिचान भएका सेवाग्राहीसँग अनुदान सम्झौता सम्पन्न गरी २०७५ कात्तिक मसान्तभित्र पहिलो किस्ता लिने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

गुनासो सुनुवाइबाट आएका र पुनःसर्वेक्षण जोखिम वर्ग परम्परागत बस्ती एवं स्थानान्तरबाट आउने लाभग्राहीको लागि उल्लेखित अनुदान किस्ता प्राप्त गर्ने समयवधि कार्यकारी समितिले निर्धारण गरेअनुसार हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार तीन लाख पाँच हजार ८८३ निजी आवासको पुनःनिर्माण सम्पन्न भएको छ । त्यस्तै दुई लाख ५१ हजार ५२७ घर निर्माणको क्रममा छन् ।

पहिलो किस्ता लिएर पनि घर नबनाएका भूकम्पपीडितले तोकिएको समयावधिमा सो रकम सम्बन्धित निकायमा बुझाउन निर्देशन दिइसकेको छ । अनुदान फिर्ता नगरे राज्यको सेवा सुविधाबाट समेत वञ्चित गरिने प्राधिकरणले जनाएको छ । रासस

 सामाजिक सञ्जालप्रति कठोर बन्दै सरकार

काठमाडौं । सामाजिक सञ्जालमा जथाभावी मनको भँडास पोखेर रमाउने समय सकिँदै गएको बुझिन्छ । यसको सदुपयोगभन्दा दूरुपयोग भएको निष्कर्ष निकाल्दै सरकार

 अब यसरी पाउन सकिन्छ आफ्नै देशमा रोजगारी  

काठमाडौं । नेपालको संविधानले नागरिकको मौलिक हकका रुपमा प्रत्याभूत गरेको रोजगारीको हकलाई कार्यान्वयन गर्न ‘सबैका लागि रोजगारः संवैधानिक अधिकार’

धादिङमा बस दुर्घटनाः चालकको मृत्यु,१३ जना घाइते

धादिङ,२७ माघ । लापरवाहीपूर्ण तरिकाले सवारी चलाएर दुर्घटना गराउने सवारी चालकको उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ । धादिङबेँसीबाट नलाङ

उपचार गर्दागर्दै सम्पत्ति सकिएपछि मन्दिरको बास

पर्वत,२६ माघ । क्यान्सरबाट पीडित पदमबहादुर कँडेल उपचार गर्दागर्दै घरखेत लिलाम भएपछि मन्दिरमा बस्न थालेका छन् । फलेवास नगरपालिका–११ पाङराङका कँडेल