शक्तिशाली भुकम्पले हल्लियो पपुवा न्युगिनी

सिड्नी , २५ असोज । पपुवा न्यु गिनीमा बिहीबार बिहान सबेरै ७।१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ ।

सो भूकम्पपछि बिहीबार बिहान ९ बजे ६।२ म्याग्नीच्युडको अर्को शक्तिशाली परकम्प पनि गएको बताइएको छ । पहिलो शक्तिशाली भूकम्प र पछिल्लो परकम्पपछि उद्धार कार्य थालिएको जानकारी आएको छ ।

हालसम्म मानवीय क्षतिको बारेमा भने कुनै समाचार प्राप्त भएको छैन । यस भूकम्पको जानकारी चिनियाँ भूकम्प केन्द्रले दिएको छ ।

पपुवा न्यु गिनीको पूर्वतर्फ रहको न्यु ब्रिटेन द्वीपनजिकैे ८० किलोमिटर गहिराइमा सो भूकम्पको केन्द्रबिन्दु रहेको जनाइएको छ ।

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले सुनामीको चेतावनी दिएको भएपनि केही समयपछि सुनामीको खतरा नरहेको बताइएको छ । रासस÷सिन्ह्वा

 

ताजकिस्तानको जेलमा ३२ जनाको मृत्यु

डुशान्बे, ६ जेठ । ताजकिस्तानको एक जेलमा भएको भीडन्तमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ । जेलभित्र भएको यस दङ्गामा परी मारिएका यी व्यक्तिहरुमा

चुनावी मतसर्वेक्षणको नतिजा गलत छ – शशी थरुर

नयाँदिल्ली, ६ जेठ । भारतीय कङ्ग्रेस पार्टीका वरिष्ट नेता शशी थरुरले चुनावी मतसर्वेक्षणका प्रक्षेपणहरु गलत रहेको भन्दै त्यसलाई अस्वीकार गरेका छन् ।

स्कूट एयरवेजको बिमान चेन्नाईमा आकस्मिक अवतरण

चेन्नाई, ६ जेठ । सिंगापुरतर्फ उडिरहेको स्कूट एयरवेजको बिमानमा खराबी देखिएपछि सोमबार बिहान चेन्नाई बिमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । विमानस्थल

ब्राजिलमा गोली चल्यो, ११ जनाको मृत्यु

ब्राजिल, ६ जेठ । ब्राजिलको उत्तरी प्रान्त पारामा आइतबार अपराह्न एक समूहले गोली चलाउँदा कम्तीमा ११ जनाको ज्यान गएको छ । स्थानीय प्रहरीका अनुसार उक्त