नेपाल टी-२० विश्वकप छनौटको दोस्रो चरणमा प्रवेश

काठमाडौं, २५ असोज । आईसीसी टी २० विश्वकप छनौट प्रतियोगिताअन्तरगत नेपालले पहिरो चरण पार गरेको छ । मलेसियामा जारी एसिया क्षेत्रको छनौटअन्तरगत शिर्षस्थानमा उक्लिएको नेपाल एक खेल बाँकी छदै दोस्रो चरणमा प्रवेश गरेको हो ।
प्रतियोगितामा सहभागि सात टीममध्ये नेपाल पाँच खेल जितेर १० अंकका साथ पहिलो स्थानमा छ । पाँच खेलनै जितेको सिंगापुर १० अंक सहित रनरेटका आधारमा नेपालभन्दा तल छ । त्यस्तै, ६ मध्ये तीन जित, दुई हार र एक अवरुद्ध हुँदा ७ अंक बटुलेको थाइल्यान्ड तेस्रो स्थानमा छ ।
प्रतियोगिताका अन्य चार टोलीमा ५ अंक खेलमा दुई जित, दुई हार र एक अनिर्णित हुँदा पाँच अंक बटुलेको मालदिभ्सको संभावना जिवित रहे पनि भुटान, म्यानमार र चीनको दोस्रो चरण पुग्ने संभावना सकिएको छ । उनीहरु औपचारिकताका लागि मात्रै अन्तिम खेल खेल्ने छन् ।
नेपालले भोली सिंगापुरसँग प्रतियोगिताको अन्तिम खेल खेल्ने छ । यसको हारजितले केही फरक पर्ने छैन् । किनकी नेपाल र सिंगापुर दोस्रो चरणमा प्रवेश गरिसेका छन् । थाइल्यान्ड र मालिदिभ्समा अर्को चरण पुग्ने टोलीको टुंगो भोलीको खेलले लाग्ने छ ।
पहिलो चरणबाट तीन टोली छनौट हुनेछ । त्यस्तै, अर्को समूहबाट कुवेत र कतार दोस्रो चरणमा प्रवेश गरेका छन् । दोस्रो चरणमा पुग्ने पाँच टोली मध्ये शिर्षस्थानका दुई टिम सन् २०२० मा हुने टी २० विश्वकप खेल्न पाउँने छन् ।