दिलिप कुमारलाई निमोनिया, मुम्बईमा उपचार हुँदै

मुम्बई, २५ असोज । बिरामी भएर अस्पताल भर्ना भएका ९५ वर्षीय भेट्रान अभिनेता दिलिप कुमारको स्वास्थ्यमा सुधार आइरहेको जनाएको छ ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार, उनको स्वास्थ्यमा पहिलेको भन्दा सुधार आएको छ । दिलिप कुमारकोे स्वास्थ्यमा यहि क्रमले सुधार हुँदै गए एक÷दुई दिनमै डिस्चार्ज गरिने अस्पतालले जनाएको उनका नातेदार फैजल फारुखीले जानकारी दिएका छन् ।

उनलाई भेटेर फर्किएका सुभाष घईले दिलिप कुमारको स्वास्थ्य कमजोर भएको बताए । संचारकर्मीसँग बोल्दा बोल्दै भावुक बनेका घइले भने, ‘दिलिप साहबलाई दोस्रो पटक हेर्ने मनै लागेको छैन् । उहाँलाई यो हालतमा देख्न सक्दिन् । जब उहाँलाई देख्छु रुन मन लाग्छ ।’

उनको मुम्बईको लिलावती अस्पतालमा उपचार भइरहेको छ । निमोनिया भएपछि चार दिन अगाडी अस्पताल भर्ना भएका थिए । एजेन्सीहरु


 

 

८ करोड शब्दको महाकाव्य आउँदै 

  चेङ्दु । विश्वमै सबैभन्दा लामो लोककाव्य मानिएको राजा गेसारको काव्यको सङ्कलन अर्को वर्ष अर्थात् सन् २०१९ प्रकाशन गरिने भएको छ ।  “इपिक अफ किङ

  दशैं आएछ !

 असारे चपेटालाई साउने झरीले स्याहारसुसार गरी चिटिक्क पारेर नाटकघरको पर्दा सर्लक्क खोले जसरी आँखाले हेर्दा देखिने हिमाली शीरमा हरिया पहाड

प्रधानमन्त्रीले \'गौरी\'का पंक्ति पढे, राष्ट्रकविका आँखाबाट चारपटक आँशु बगे 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेका काव्यमा विविधतामा एकता प्रतिविम्वित भएको प्रतिक्रिया दिएका   छन्

 अच्युतकृष्ण खरेललाई आईजीपी बनाउन २० लाख माग्ने को थिए ? यस्तो छ हलचल मच्चाउने खुलासा

 काठमाडौं । २०५३ फागुन १५ मा मोतीलाल बोहोराको पदावधि सकिँदै थियो । अच्युतकृष्ण खरेल र ध्रुबबहादुर प्रधान भावी आइजिपीका दाबेदार थिए । खरेललाई