दुई वर्षभित्र २५ प्रतिशत अन्धोपनलाई घटाइने

काठमाडौैं, २५ असोज । उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई सन् २०२० सम्म २५ प्रतिशत घटाउने लक्ष्य लिइएको छ । यस लक्ष्यलाई पूरा गर्न नेपालमा तिलगङ्गा आँखा प्रतिष्ठानलगायत आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै निकायले सहकार्य गर्दै आइरहेका छन् ।

‘आँखा सेवा सबैका लागि, विश्व दृष्टि दिवस मनाऔं’ भन्ने नाराका साथ आज उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउन विश्व दृष्टि दिवस मनाइँदैछ ।

विश्व स्वास्थ्य सङ्गठन र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय संस्थाले सन् २०१० को अध्ययनलाई आधार मानी सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ ।

उक्त दुवै संस्थाले संयुक्त रूपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनीकरण गर्न सन् १९९९ फेब्रुअरीमा ‘भिजन २०२०ः दृष्टिको अधिकार’ कार्यक्रम घोषणा गरी हरेक वर्ष अक्टोबर महीनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसको रूपमा मनाउने गरिएको हो ।

नेपाल सरकार पनि उक्त सङ्गठनको राष्ट्र भएकाले सन् १९९९ नोभेम्बरमा २० वर्षे कार्ययोजना (सन् २००१–२०१९) लागू गरेको छ । दिवसका अवसरमा तिलगङ्गा आँखा प्रतिष्ठानले मुलुकभरका सामुदायिक आँखा केन्द्रमा विभिन्न कार्यक्रम गरिरहेको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सोनु केसीले बताएकी छन् ।

यस दिवसका अवसरमा प्रतिष्ठानले ओखलढुङ्गा, रामेछाप, दोलखा तथा सिन्धुली र मुस्ताङका बिरामीलाई लक्षित गरी आयोजना गरिएको आँखा शल्यक्रिया शिविरमा १४४ को निःशुल्क मोतीविन्दुको शल्यक्रिया गरिएको उनले जानकारी दिइन् ।

नेपालमा आँखासँग सम्वन्धी केही तथ्य
प्रतिष्ठानका अनुसार नेपालमा एक लाख २० हजार मानिस दृष्टिीबिहीन छन् । दश लाख २५ हजार मानिसमा उच्च तथा मध्यम दृष्टि दोषको समस्या छ । अन्धोपनाको ६६ प्रतिशत अन्धोपन उपचार गर्न सकिने खालका छन् ।

अन्धोपनका १६ प्रतिशत अन्धोपन रोकथाम गर्न सकिने खालका छन् । नेपालमा दृष्टि क्षमता कमजोर भएका मानिसमध्ये ६० प्रतिशत महिला छन् ।

अन्धोपनाका मुख्य कारण मोतिविन्दु र यससँग सम्बन्धित ६५ प्रतिशत, आँखाको पर्दाजन्य रोग १३ प्रतिशत, आँखाको नानीमा हुने अन्धोपना छ प्रतिशत, जलविन्दु पाँच प्रतिशत, दृष्टि दोष चार प्रतिशत र अन्य सात प्रतिशत रहेको छ ।

पेट फुल्ने समस्या हुनेलाई यस्तो छ उपाय

एजेन्सी । अन्नपानीको शरिर कहिलेकाहिं तलमाथी पर्नु स्वभाविक हो । कहिले काहिं हामीलाई कुनै कार्यक्रममा जान हतार भइ रहेको बेला पेट फुलेर असहज पार्ने

गर्भवतीको घरमै भिडियो एक्स–रे सेवा

काभ्रेपलाञ्चोक, ५ जेठ  । पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ । नपाले गत शुक्रबारदेखि

स्वास्थ्य बीमाप्रति नागरिकको आकर्षण

खोटाङ, २ जेठ । खोटाङमा स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको आकर्षण बढेको छ । उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवन रक्षार्थ

  नियमित जङ्कफुड खाँदा बालबालिकाको ज्यानै जानसक्ने

काठमाडौं । आफ्ना नानीहरुको दवावमा परेर उनीहरुलाई जङ्कफुड ख्वाईरहनु भएको छ भने आजै देखि सावधान रहनुहोस्,नियमित जङ्कफुड खानाले नानीहरुको मृत्यु समेत