मानसिक रोगी बढेकामा चिन्ता

काठमाडौँ, २५ असोज । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अशिक्षा, बेरोजगारी, बसाइसराई, सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरीबीका कारण नेपालमा मानसिक रोगीहरूको सङ्ख्या दिनदिनै बढिरहेकामा चिन्ता व्यक्त गरेका छन् । संयुक्त अधिराज्य सरकार, विश्व स्वास्थ्य सङ्गठन र आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्गठन, (ओईसीडी)को संयुक्त आयोजनामा संयुक्त अधिराज्यको राजधानी लण्डनमा बुधबार सम्पन्न मानसिक स्वास्थ्यसम्बन्धी मन्त्रिस्तरीय विश्व सम्मेलनमा उनले त्यस्तो चिन्ता व्यक्त गरेका हुन् । उपप्रधानमन्त्री यादवले मानसिक स्वास्थ्य समस्या, अल्पविकसित र विकासोन्मुख देशहरूको मात्र नभई विश्व मानव समुदायकै एक गम्भीर समस्या भएको बताए । निम्न तथा मध्यम आय भएका राष्ट्रका हरेक पाँच जनामध्ये एक जनामा मानसिक रोगको समस्या रहेको वास्तविकता सुनाउँदै उनले दक्षिण एशियाको कूल जनसङ्ख्याको २० प्रतिशत जनता मानसिक रोगबाट ग्रसित रहेको बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सम्मेलनमा उपप्रधानमन्त्री यादवले नेपालको संविधानले आधारभूत स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा अङ्गिकार गरेको जानकारी दिँदै नेपाल सरकार न्यूनतम खर्चमा सरल र सहज पहुँचसहित स्वास्थ्य सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको स्पष्ट गरे । उनले मानसिक रोगको उपचारको सरलीकरणमा पनि नेपाल सरकारले विशेष ध्यान दिएको जानकारी दिए । रासस

  तपाईं कति सुन्दर हुनुहुन्छ ? थाहा पाउने यस्तो छ उपाय

सौन्दर्य के हो ? कस्तालाई सुन्दर भन्ने ? झलक्क हेर्दा देखिने आकर्षण नै सुन्दरता हो त ? कि अरु पनि केही छ जसका आधारमा मानिसलाई सुन्दर भन्न सकिन्छ ? यो

 झापामा भेटिए कालाजारको नयाँ रोगी 

झापा । झापाको मेचीनगर–१५ मा कालाजारको नयाँ रोगी फेला परेका छन् ।  वैभव टि–स्टेट नजिकै बसोवास गर्ने ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको

 दाँच चम्काउन के लाउने, के हो दम रोगको सजिलो उपचार ?

काठमाडौं । मानिसको शरीरमा कुनै न कुनै शारीरिक समस्या त हुन्छ नै । कुनै साधारण समस्या हुन्छन् भने कुनै निकै जटिल । अवस्था अनुसार यिनिहरुको विभिन्न

यसरी जोगाउन सकिन्छ शरीरका महत्वपूर्ण अंग

शरीरका आन्तरिक अंगहरु सहि रुपमा संचालनको लागि ती अंगहरु स्वस्थ्य रहनु जरुरी छ । तैपनि हामीले कतिपय स–साना बिषयमा ध्यान नपु¥याउनाले यस्ता