उनी सडकमा छटपटाइरहे तर उद्धार गर्न कोही आएन...

सिन्धुलीपाल्चोक बाह्रबिसे नगरपालिका ७, खनियाबासका १८ बर्षे मनीष तीन महिनाअघि मात्रै बा ४ ख ३१९१ नम्बरको बसमा परिचालक भएका थिए । सोमबार साँझ बसमा भर्याङको डन्डी समाएर बसेका तामाङ अरनिको राजमार्गको गठ्ठाघरसम्म झुन्डिरहेका थिए । राजमार्ग छोडेर भित्री सडकमा पुगेपछि साँझ ६ बजे उनी बसबाट खसे । चालक र यात्रु कसैले थापा पाएनन् । बस आफ्नै रफ्तारमाा कुदिरह्यो । पिच सडकमा बजारिएका तामाङ सडकमा छटपटाहिरहे । सडकमा सवारीसाधन गुडिरहे । पैदलयात्रुको आवातजावत पनि चलिरह्यो । उनको उद्धारमा कोहि अघि सरेन । केहिबेरपछि उनको उद्धार भयो । एम्बुलेन्स बोलाएर गठ्ठाघरमा रहेको नागरिक अस्पताल पुर्याइयो । चिकित्सकले उनको एम्बुलेन्समै मृत्यु भईसकेको बताए । उनको परिचय खोज्दै प्रहरीले सीसीटीभी फुटेज हेर्यो । सडकमा खबसेका तामाङ ७ मिनेटसम्म छटपटिएपछि बल्ल उनको उद्धार भएको फुटेजमा देखिन्छ । कान्तिपुर दैनिकबाट ।

विप्लव समूहका माइलासँग भेट्टायाे प्रहरीले चार सय ‘चन्दादाता’ को सूची (सूचीसहित)

काठमाडौं, ६ साउन । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज

इन्चार्ज र सहइन्चार्ज चयनः नेपाल भन्दा कमजोर बने ओली, प्रचण्ड समूह सबैभन्दा बलियाे

काठमाडौं, ६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जका टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

अब फोनबाट गाली  गरे १ वर्ष जेल, १५ लाखसम्म जरिवाना

काठमाडौं, ६ साउन । सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन

छोरीमाथिको बलात्कारमा आमाकै सहयोग (घटनाकाे नालीबेलीसहित)

धनुषा, ६ साउन । धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ । भंगहा नागरपालिकी एक आमाले