रामवीरको राजीनामा रोकिँदै, वामदेवको प्रयास असफल हुँदै

काठमाडौं । वामदेव गौतमको उपचुनाव लड्ने प्रयासमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली तगारो बनेका छन् । उनले रामवीरको राजीनामा रोक्न आफ्नो प्रभाव प्रयोग गर्न थालेको बुझिएको छ । 

रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले पार्टीमा राजीनामा पनि बुझाईसकेका छन् तर सभामुख समक्ष राजीनामा बुझाएका छैनन् । रामवीरको राजीनामा नेकपाको सचिवालय वैठकमा अध्यक्ष प्रचण्डले पेस गरिसकेका छन् । सो राजीनामा सम्वन्धमा अहिले कुनै निर्णय नहुने भएको छ । निर्णय नहुनुको अर्थ हो रामवीरले राजीनामा नदिने वातावरण बन्न सक्छ ।

नेकपाका एक नेताका अनुसार पार्टी सचिवालय वैठक दशैं पछिका लागि सारिएको छ । आज बुधबार सचिवालय वैठक बसेको भए पनि राजीनामा सम्वन्धमा कुनै निर्णय गरिने थिएन,— नेकपाका ती नेताले बताए । उनका अनुसार सांसदले दिएको राजीनामा स्वीकृत या अस्वीकृत गर्ने निकाय पार्टी सचिवालय होइन । सचिवालयमा कुनै निर्णय नगरेर रामवीरको राजीनामा रद्दीको टोकरीमा फालिदिने पक्षमा ओली पक्ष रहेको बुझिन्छ । रामवीरको राजीनामा रोक्ने पक्षमा माधव नेपाल पनि रहेको बुझिन्छ ।

स्रोत अनुसार रामवीरलाई राजीनामा गर्न वाध्य पार्ने कामको अगुवाई गरेका थिए विष्णु पौडेलले । जानकारहरुका अनुसार विष्णु पौडेल, वामदेव गौतम र प्रचण्डको टिम बनेको छ । 

पार्टी सचिवालय वैठक सारिनु, ओली पक्षले सचिवालयमा रामवीरको राजीनामा सम्बन्धमा कुनै निर्णय नलिनु आदिले गर्दा रामवीरको राजीनामा टर्ने सम्भावना बढेको नेकपाका कतिपय नेताहरुको दावी छ । तर, प्रचण्ड र वामदेवको समूहले भने रामवीरको राजीनामा पार्टीबाट स्वीकृत गराइएन भने अर्काे उपाय अपनाउन लागेको बुझिएको छ । उनीहरुले रामवीरलाई सीधै सभामुख समक्ष राजीनामा बुझाउन लगाउने भएका छन् । तर, पार्टीको स्वीकृति र निर्णय बिना रामवीरले सभामुखलाई राजीनामा बुझाउन मान्छन् कि मान्दैनन् भन्ने प्रष्ट भएको छैन । रामवीर निकटका केहीले सरल पत्रिकालाई दिएको जानकारी अनुसार पार्टी निर्णय नभई रामवीरले सभामुखलाई राजीनामा बुझाउने छैनन् । 

नेकपाको स्थायी समिति वैठक कार्तिक १२ गतेका लागि राखिएको छ । त्यसबेलासम्म रामवीरको राजीनामा भीरको चीण्डोजस्तो यता न उताको हुने देखिएको छ । 

नेकपाका ओली पक्षीय नेताहरुका अनुसार रामवीरको राजीनामा र वामदेवको उपचुनाव लड्ने प्रयासमा अहिलेका लागि पूर्णविराम लागेको छ । चुनाव लड्ने वामदेवको प्रयास हालका लागि असफल भएको छ ।
 

बामदेवलाई ओलीको जवाफ, ‘संविधानले मान्दैन, नत्र दुइटा प्रधानमन्त्री बनाउँथ्यौं’

काठमाडौं, १ पुस । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेव गौतमले स्थायी समितिमा राखेको प्रस्तावको खिल्ली उडाएका छन् । आईतबार नेकपा

आज महासमिति बैठक राजनीतिक प्रतिवेदनमाथि केन्द्रीत हुने

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको महासमिति बैठकमा आज राजनीतिक प्रतिवेदनमाथि नै छलफल केन्द्रीत हुने भएको छ । हिजो उद्घाटन भएको महासमिति बैठकमा

  ओली र दाहाललाई गौतमको काउन्टर - ‘कार्यकर्ता न अरिंगाल बने न त मौरी’ 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालले एक भएका दुई पार्टीको मन नमिलेको स्वीकार गरेका छन् ।

पुस १ लाई कालो दिवसका रुपमा मनाइँदै

काठमाडौ,१ पुस । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ