‘वामदेवले चुनाव लड्ने हो भने म छोड्न तयार छु’

 काठमाडौं, २४ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य रघुवीर महासेठले आफ्नो पार्टीका नेता वामदेव गौतम चुनाव लड्ने हो भने उनका लागि ठाउँ छोड्न आफू तयार रहेको बताएका छन् । 

उनले भने,‘वामदेव कामरेड चुनाव लड्ने भनेर पार्टीभित्र निर्णय भएको छैन । मिडियामा आएको कुरा झुठै हो भनेर म भन्न सक्दिन। उहाँले देशको परिस्थिति बुझ्नुभएको छ । पार्टीका नेता, कार्यकर्ताको मनोभावना बुझ्नुभएको छ । तर, उहाँ चुनाव लड्नुहुन्छ भनेर मलाई चाहीँ व्यक्तिगत रुपमा विश्वास छैन । यदि लड्नुभयो भने उहाँलाई सिँगो पार्टी एक भएर विजयी बनाउँछौं ।’

बुधबार एक साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने,‘वामदेव कामरेड चुनाव लड्ने भनेर न पार्टीभित्र आधिकारिक निर्णय भएको छ, न त उहाँ आफंैले निर्णय गर्नुभएको छ । उहाँ चुनाव लड्न तयार हुनुभयो भने उहाँको लागि छोड्न माननीयहरु तयार हुनुहुन्छ । अहिले माननीय सांसद रामबीर मानन्धरले राजिनामा दिने भनेर भन्नुभएको छ । तर, राजिनामा दिनुभएको छैन । उहाँले राजिनामा दिन जरुरी पनि छैन् । जबसम्म पार्टीको निर्णय हुँदैन, तबसम्म राजिनामा दिन जरुरी छैन् । पार्टीले निर्णय गर्यो भने म पनि छोड्न तयार छु । पार्टीले निर्णय गरे हामी जोसुकै निर्वाचित सांसदपनि छोड्न तयार छौं । हाम्रो पार्टीको निर्णय अगाडि व्यक्तिको केही चल्दैन् ।’
 

मुुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण : गृहमन्त्री थापा

काठमाडौँ, ६ साउन  । गृहमन्त्री रामबहादुर थापाले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण रहेको बताएका छन् ।      प्रहरी

‘सबै दलबीच मेलमिलाप आवश्यक’

दमौली, ६ साउन । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले बिपीको सम्मान गर्ने हो भने पार्टीभित्र र अन्य दलबीच आपसी मेलमिलाप आवश्यक रहेको

एउटै जिल्लामा नेकपाको सहइन्चार्ज कति ? फुटबल खेल्ने टीम जति !

काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले हिजो मात्रै जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंग्याएको छ । नेकपाले उक्त सूची सार्वजनिक

यी मन्त्रीः जसले छाडेनन् इन्चार्ज र सहइन्चार्ज पनि

काठमाडाैं, ६ साउन । सत्तारूढ दल नेकपाले सङ्घीय सरकारका मन्त्री तथा प्रदेश सरकारका मुख्यमन्त्री एवम् मन्त्रीलाई समेत जिल्ला इन्चार्ज तथा