‘वामदेवले चुनाव लड्ने हो भने म छोड्न तयार छु’

 काठमाडौं, २४ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य रघुवीर महासेठले आफ्नो पार्टीका नेता वामदेव गौतम चुनाव लड्ने हो भने उनका लागि ठाउँ छोड्न आफू तयार रहेको बताएका छन् । 

उनले भने,‘वामदेव कामरेड चुनाव लड्ने भनेर पार्टीभित्र निर्णय भएको छैन । मिडियामा आएको कुरा झुठै हो भनेर म भन्न सक्दिन। उहाँले देशको परिस्थिति बुझ्नुभएको छ । पार्टीका नेता, कार्यकर्ताको मनोभावना बुझ्नुभएको छ । तर, उहाँ चुनाव लड्नुहुन्छ भनेर मलाई चाहीँ व्यक्तिगत रुपमा विश्वास छैन । यदि लड्नुभयो भने उहाँलाई सिँगो पार्टी एक भएर विजयी बनाउँछौं ।’

बुधबार एक साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने,‘वामदेव कामरेड चुनाव लड्ने भनेर न पार्टीभित्र आधिकारिक निर्णय भएको छ, न त उहाँ आफंैले निर्णय गर्नुभएको छ । उहाँ चुनाव लड्न तयार हुनुभयो भने उहाँको लागि छोड्न माननीयहरु तयार हुनुहुन्छ । अहिले माननीय सांसद रामबीर मानन्धरले राजिनामा दिने भनेर भन्नुभएको छ । तर, राजिनामा दिनुभएको छैन । उहाँले राजिनामा दिन जरुरी पनि छैन् । जबसम्म पार्टीको निर्णय हुँदैन, तबसम्म राजिनामा दिन जरुरी छैन् । पार्टीले निर्णय गर्यो भने म पनि छोड्न तयार छु । पार्टीले निर्णय गरे हामी जोसुकै निर्वाचित सांसदपनि छोड्न तयार छौं । हाम्रो पार्टीको निर्णय अगाडि व्यक्तिको केही चल्दैन् ।’
 

संसदीय समितिले दिएका निर्देशन सरकारले पालन गर्नुपर्छ : प्रतिवेदन

  काठमाडौँ, ४ भदौ । राष्ट्रियसभाको बैठकले ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ दफावार छलफलका लागि विधान

रवीन्द्र अधिकारीकाे क्षेत्रमा उपनिर्वाचन चर्चाः साझा उम्मेदवारको खोजी

कास्की, ४ भदाै । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते

‘आयोगको विज्ञापन रद्द गर्नुपर्ने आवश्यकता छैन’ 

  काठमाडौं, ३ भदौ । लोकसेवा आयोगको विज्ञापन तत्कालिन अवस्थामा समावेशी भएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दाबी गरेका

‘नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक नेपालको हितमा हुनुपर्छ’ 

काठमाडौँ, ३ भदौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको बलियो सरकारसँग मिलेर नेपालको हितमा आर्थिक लाभ हुने गरी विभिन्न कार्यक्रम अगाडि