घर छैन, कहाँ मनाउने दशैँ ?

बागलुङ, २४ असोज । यसपालि बसिमाया परियारलाई दशैँ दशा बनेर आएको छ । गएको वर्षायाममा घरबास गुमाउनुभएकी ५२ वर्षीया परियारलाई एउटै कुराको पिरलो छ, दशैँ कहाँ मान्ने ? निरास हुँदै उनले भनिन्, “छोरी, ज्वाइँ आउँछन् कहाँ राख्ने, के खुवाउने ?” चाडबाडको मुखमा यस्तो पीडा भोग्नेमा उनी मात्र एक्ली होइनन् ।

काठेखोला गाउँपालिका–५ बिहुँ काउलेका १४ परिवारको व्यथा समान छ । गत असार ११ गतेको भीषण वर्षाले गाउँ भासिएपछि काउलेका बासिन्दा विस्थापित बनेका हुन् । १३्र दलित र एक जनजाति परिवारका ४६ सदस्य अहिले छिमेकीको आश्रयमा छन् । इन्द्रबहादुर परियार यसपालि दशैँमा आफ्नो आँगन, दैलो टेक्न नपाउने भएका छन् ।

दुबईबाट दशैँमा घर आउन लागेका परियारकी श्रीमती सुमित्रा र तीन छोरा आफन्तको घरमा बस्छन् । “घरगोठ सबै भत्कियो, गरेर खाने बारी पनि चिराचिरा छ” सुमित्राले गुनासो गरिन् । तीन छोरा साथमा लिएर उनी अहिले विस्थापनका कष्टपूर्ण दिन काटी रहेकी छन् ।

विस्थापित बनेकामध्ये अधिकांश परिवार कोठा भाडामा लिएर दुःखजिलो गरी बसेका छन् । दैनिक मजदूरी गरेर जीविका चलाउने परिवार थातथलो नै गुमेपछि विचल्लीमा परेका हुन् । घरगोठ, खेती गर्नलाई भएको सानो जमीन पनि खण्डमा परिणत भएको छ । ७२ वर्षीय डिलबहादुर परियारले खाइनखाई रु दुई लाख खर्चेर बनाएको घर गुमाएको बताए ।

सत्तरी वर्षीया बिजुला परियारसँगै उनका छिमेकी पनि भाडाको घरमा बसेका छन् । “महीनाको रु एक हजारमा बसेका छौँ”, उनले भनिन्, “सरसामान, लत्ताकपडा, खाने, सुत्ने सबै एउटै कोठामा छ ।” महीनौँ बित्दासमेत विस्थापित परिवारले उचित क्षतिपूर्ति पाउन सकेका छैनन् । पुनःस्थापनाको लागि पहल अघि बढे पनि ठोस काम हुन सकेको छैन ।

दीर्घकालीन पुनःस्थापनाको लागि समय लाग्ने हुँदा अस्थायी संरचना बनाउने योजना गाउँपालिकाको थियो । गाउँपालिका अध्यक्ष अम्मर थापाले जग्गा व्यवस्थापन हुन नसक्दा समस्या भएको बताए । “सार्वजनिक जग्गामा राख्दा समस्या निम्तने हुँदा सकभर निजी जग्गा खोज्नुस् भनेका छौँ” उनले भने, “जग्गा भयो भने घर बनाउन गाउँपालिकाले आवश्यक सहयोग गर्छ ।”

जग्गा भएको खण्डमा जनता आवास कार्यक्रमबाट पनि घर निर्माण गर्न सकिने बताइएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग छेउ काउलेको जमीन धसिदा लोकमार्ग पनि जोखिममा छ ।

भू–गर्भविद्को टोलीले पनि स्थलगत अवलोकन गरी काउलेमा बस्ती राख्न नमिल्ने निष्कर्ष निकालेको थियो । जमीन भासिन थालेपछि पहिरोको डरले गाउँले बेलैमा सुरक्षित ठाउँतिर लागेका कारण त्यतिबेला कुनै मानवीय क्षति भने हुन पाएन ।

मानिस र कुकुरको सम्बन्धको इतिहास कति पुरानो

निकै पहिलेका कुकुरहरूबारे उपलब्ध डिएनए परीक्षणले मानिसको साथमा कुकुर रहँदै आएको ९ हजार वर्ष पुगेको देखाएको छ। मानव जातिका पुर्खाले खेतीकिसानी सुरु

प्रधानमन्त्रीहरुका भाषण सम्झँदै रित्तो दशैँको स्वागत गर्दै छन् बाढी पीडित 

सुर्खेत । यहाँका बाढीपीडितका शिविरमा दशैँको कुनै उल्लास छैन । विस्थापित चार वर्षदेखि त्रिपालको टहरामुनि बस्न बाध्य छन् ।  गिरिघाट शिविरका

दशैंमा राजधानीबाट २२ लाख मानिस बाहिरिए

काठमाडौं । काठमाडौँ उपयकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी मानिस बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा

सुत्केरीलाई पोषण भत्ता

कञ्चनपुर, ३० असोज । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ ले सुत्केरीलाई पोषण भत्ता उपलव्ध गराउन थालेको छ । ग्रामीण क्षेत्रका महिला सुत्केरी हुँदा