केन्यामा भएको बस दुर्घटनामा ४२ को मृत्यु

नैरोबी, २४ असोज । केन्याको पश्चिमी क्षेत्रमा बुधबार बिहानै भएको बस दुर्घटनामा ४२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रान्तीय ट्राफिक प्रहरी अधिकृत जेरो आरोमले घटनास्थलमै ४२ जनाको मृत्यु भएको खबर प्राप्त भएको र बसभित्र अरु पनि यात्रु रहेकाले मृत्यु हुनेको संख्या अरु बढ्न सक्ने बताएका छन् । 

प्रहरीका अनुसार उक्त बस राजधानी नैरोबीबाट पश्चिमी सहर काकामेगातर्फ जाँदै थियो । बसमा ५२ जना यात्रु रहेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

उक्त बस दुर्घटनाको खास कारण थाहा नभएको केन्या रेडक्रसले जनाएको छ । केन्यामा सडक दुर्घटनामा बर्सेनि करिब तीन हजार मानिसको मृत्यु हुने गरेको छ । डिसेम्बर २०१७ मा पनि बस र ट्रक जुधेर भएको दुर्घटनामा ३६ जनाको मृत्यु भएको थियो । रासस/एएफपी
 
 

कारबाहीमा साठी अल शबाब समूहका आतङ्ककारी मारिए

सोमालिया, ३१ असोज । अमेरिकी सेनाले मध्य सोमालियामा केही दिनअघि गरेको एक कारबाहीमा परी अल–शबाब समूहका करिब ६० जना लडाकू मारिएको विश्वास गरिएको छ

मलेसियामा अन्बर इब्राहिम प्रधानमन्त्री बन्ने चर्चा

पोर्ट सिडक्सन, मलेसिया, ३१ असोज । मलेसियाली नेता अन्वर इब्राहिमलाई यहाँका नागरिकले अबको प्रधानमन्त्रीका रुपमा हेर्न थालेका छन् । प्राप्त

रिक्सामा सवार आठ जनाको मृत्यु

इस्लामाबाद, ३० असोज । पाकिस्तानको सिन्ध प्रान्तमा रेलले रिक्सालाई ठक्कर दिँदा कम्तीमा आठ जना मारिनुका साथै अरु आठजना घाइते भएको प्रहरीले जनाएको छ

बोको हरामद्वारा अर्का सहायताकर्मीको हत्या

अबुजा, ३० असोज । इस्लामिक स्टेट्सआवद्ध बोको हराम जिहादी समूहले उत्तरपूर्वी नाइजेरियामा एक महिला सहायताकर्मीको हत्या गरेका छन् ।अघि नै अपहरण गरिएका