नेपालले चीनलाई दुई ओभरमै हरायो

काठमाडौं, २४ असोज । आईसीसी टी२० विश्वकप छनौट प्रतियोगिताको आजको खेलमा नेपालले चीनलाई दुई ओभरमै १० विकेटले पराजित गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको चीनले १३ ओभरमा सबै विकेट गुमाएर २६ रन बनाएको थियो । नेपालका तीन बलर चम्केपछि चीनका आठ ब्याट्सम्यान शून्यमा आउट भए । चीनका ओपनर आङ जिङ यानले ११, डेन्जी माले ५ र चेनजिङ फेनले १ रन बनाए । नेपाली बलरले ९ अतिरिक्त रन दिए ।

नेपालका लागि ललित नारायण राजबंशी, सन्दीप लामिछाने र बसन्त रेग्मीले तीन/तीन विकेट लिए ।

प्रतिउत्तरमा दुई ओभरको एक बल बाँकी छदै नेपालले जित हासिल ग¥यो । नेपालका लागि ओपनर विनोद भण्डारीले आठ बलमा २४ र प्रदिपसिंह ऐरीले तीन बलमा चार रन बनाए ।

यो जितसँग नेपालको १० अंक पुगेको छ । नेपाल शिर्षस्थानमा रहेको छ । नेपालले भोली अन्तिम खेल सिंगापुरसँग खेल्ने छ ।

 कठिन प्रतियोगिता खेल्दै नेपाल, विकल्प छैन जितको

काठमाडौं । सन् २०१४ को टी–२० विश्वकपमा सहभागि भइ उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टोली पुनः टी–२० विश्वकप खेल्न प्रयासरत छ ।  सन् २०२० को

आयोजक सिंगापुरको बलियो प्रदर्शन, कतार ३३ रनले पराजित

काठमाडौं, ६ साउन । एसियाली क्षेत्रको विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले हराएको छ । ब्याटिङमा बलियो

टोटेनह्यामले हरायो युभेन्टसलाई

एजेन्सी । इंग्लिस क्लब टोटेनह्यामले इटालीयन च्याम्पियन युभेन्टसलाई मैत्रीपूर्ण खेलमा हराएको छ । टोटेनह्यामका लागि ह्यारी केनले इन्जुरी समयमा

बार्सिलोनालाई नेमारको आवश्यकता नरहेको दाबी

एजेन्सी । स्पेनीस क्लब बार्सिलोनाका अध्यक्ष एरिक अबिदलले फ्रान्सेली स्ट्राइकर आन्त्वान ग्रिजमान आइसकेकोले क्लबलाई नेमारको आवश्यकता नरहेको बताएका