नेपालले चीनलाई दुई ओभरमै हरायो

काठमाडौं, २४ असोज । आईसीसी टी२० विश्वकप छनौट प्रतियोगिताको आजको खेलमा नेपालले चीनलाई दुई ओभरमै १० विकेटले पराजित गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको चीनले १३ ओभरमा सबै विकेट गुमाएर २६ रन बनाएको थियो । नेपालका तीन बलर चम्केपछि चीनका आठ ब्याट्सम्यान शून्यमा आउट भए । चीनका ओपनर आङ जिङ यानले ११, डेन्जी माले ५ र चेनजिङ फेनले १ रन बनाए । नेपाली बलरले ९ अतिरिक्त रन दिए ।

नेपालका लागि ललित नारायण राजबंशी, सन्दीप लामिछाने र बसन्त रेग्मीले तीन/तीन विकेट लिए ।

प्रतिउत्तरमा दुई ओभरको एक बल बाँकी छदै नेपालले जित हासिल ग¥यो । नेपालका लागि ओपनर विनोद भण्डारीले आठ बलमा २४ र प्रदिपसिंह ऐरीले तीन बलमा चार रन बनाए ।

यो जितसँग नेपालको १० अंक पुगेको छ । नेपाल शिर्षस्थानमा रहेको छ । नेपालले भोली अन्तिम खेल सिंगापुरसँग खेल्ने छ ।

 डिपिएल:‘प्लेअफ’मा पुग्ने चार टोलीको टुङ्गो लाग्यो

धनगढी । यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको ‘प्लेअफ’मा पुग्ने टोलीको टुङगो लागेको छ । सोमबार भएको खेलको नतिजाले चार टोलीको

विश्वकप क्रिकेट : नेपालको लक्ष्य ग्लोबल क्वालिफायर

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला एशिया क्वालिफायर छनोट खेल मङ्गलबारदेखि थाइल्याण्डमा शुरु हुँदैछ । प्रतियोगिता एशियाली

६ ओभरको खेलमा महेन्द्रनगर विजयी, अत्तरियाको पहिलो हार

धनगढि, ५ फागुन । वर्षाले खराब पारेको मैदानमा भएको ६ ओभर प्रति इनिङको खेलमा महेन्द्रनगर युनाइटेडले सिवाईसी अत्तरियालाई ७ विकेट हराएको छ । धनगढि

२९ बलमा ७ विकेट गुमाउँदै बीबीएलको उपाधि जित्न चुक्यो स्टार्स

काठमाडौं, ५ फागुन । बीग बाश लिग (बीबीएल) को फाइनल खेलमा मेलबर्न रेनिगेड्सँग १३ रनले पराजित हुँदै मेलबर्न स्टार्सले उपाधि जित्ने मौका गुमाएको छ । १३