फुटबल टोलीलाई जनही पचास हजार

काठमाडौँ, २४ असोज । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भूटानमा भएको साफ यू–१८ फुटबल च्याम्पियनसिपमा उपविजेता बन्न सफल भएको नेपाली महिला टोलीका प्रत्येक सदस्यलाई जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा हिजो बसेको बैठकले यू–१८ महिला राष्ट्रिय फुटबल टोलीका प्रत्येक सदस्यलाई जनही ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

यही असोज २१ गते भएको फाइनल खेलमा नेपाली टोली बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो ।

त्यस्तै सेमिफाइनल खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्दी भारतलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । नेपाली महिला फुटबल टोली आज स्वदेश फर्कने एन्फाले जनाएको छ ।

पूर्व क्रिकेटर जयासूर्यालाई भ्रष्टाचारको आरोप

  सरल संवाददाता काठमाडौं, २९ असोज । श्रीलंकाका पूर्व क्रिकेटर सनथ जयासूर्यामाथी आईसीसीको भष्टाचार विरुद्धको दुईवटा नियम मिचेको आरोप लागेको छ

 अफगानी क्रिकेट लिगमा सन्दीपको शानदार डेब्यू

काठमाडौं । अफगानिस्तान प्रिमियर लिग (एपिएल) मा नेपाली स्टार लेग स्पीनर सन्दीप लामिछानेले शानदार डेब्यू गरेका छन् ।  अफगानी फ्रान्चाइज टोली

फुटबल क्लबलाई ललितपुर महानगरले सहयोग गर्ने

काठमाडौं, २९ असोज । ललितपुर महानगरपालिकाले पाँच वटा ‘ए’ डिभिजन क्लबलाई आर्थिक सहयोग गर्ने भएको छ । महानगरको बोर्ड बैठकले जिल्लाका  ‘ए’ डिभिजन

एमबापेले जित्न सक्छन \'बेलोन डी ओर\' अवार्ड

पेरिस । फ्रेन्च फुटबलर क्यालियन एमबापेले बेलोन डी ओर अवार्ड जित्न सक्ने अडकलबाजी गर्न थालिएको छ । यूभेन्टसका मिडफिल्डर ब्लेज मटुडीले बेलोन डी ओरका