बिपीको समाजवादलाई विस्तार गर्नुपर्छः महामन्त्री डा कोईराला

स्याङजा, २४ असोज । नेपाली काङ्गे्रसका महामन्त्री डा शशाङ्क कोइरालाले बिपीको समाजवादलाई विस्तार गर्नुपर्ने बताएका छन् । 

स्याङजाको चापाकोटमा मंगलबार आयोजित कार्यक्रममा उनले भने,  मुलुकको विकास र समृद्धिका लागि बिपीको समाजवादलाई विस्तार गर्नुपर्ने आजको आवश्यकता हो ।” 

महामन्त्री डा कोइरालाले पार्टी सभापति र प्रधानमन्त्रीको मोहभन्दा पनि आफूले समाज रुपान्तरणको कडी बन्न चाहेको उल्लेख गर्दै मुलुकलाई परिर्वतन गर्न समाज परिर्वतनको खाँचो रहेको बताए । 

काङ्ग्रेसले जनताको माग र चाहनाअनुसार आफूलाई परिमार्जन गर्नुपर्नेमा जोड दिदैं उनले अहिलेको सरकारले जनचाहनाअनुसार काम गर्न नसकेकाले मुलुकमा अराजकता बढेको आरोप लगाए । 

महामन्त्री डा कोइरालाले काङ्ग्रेस सात सालदेखि प्रजातन्त्रको लागि लड्दै आएको उल्लेख गर्दै पार्टी सङ्गठन निर्माणमा लाग्न कार्यकर्तालाई आग्रह गरे । रासस

सरकारले यसरी बिताएछ वर्षदिन

सरकारको कामको समीक्षा दिनदिनै भएकै हुन्छ । हाम्रो प्रचलन बनेको छ– पहिलो सय दिन र वर्षदिन । सय दिन विरुवाको पात हेर्ने– चिल्लो देखिन्छ कि खस्रो । एक

 नेविसङ्घको तदर्थ समिति बनाइँदै

काठमाडौं । नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समिति बनाउने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय

‘सरकार उल्टाउने खेल भैरहेको छ’: गृहमन्त्री

भद्रपुर । गृहमन्त्री रामबहादुर थापाले मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई उल्ट्याउने, कमजोर पार्ने र फेरि अस्थिरता पैदा गर्ने प्रयास

 वाईडबडी खरिद प्रकरणः देउवा तानिए रवीन्द्र पनि नबच्ने

काठमाडौं । वाईडबडी विमान खरिद प्रकरणले निकै ठूलो तरंग ल्याउने बुझिएको छ । यसको अनुसन्धानमा कुनै अवरोध नआएमा सिंगो राजनीतिक क्षेत्रका हस्तीहरु र