कर्मचारी दिनहुँ पक्रिँदा मेरो शिर झुकेको छः मन्त्री अर्याल

काठमार्डौँ, २३ असोज । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयका कर्मचारी अनियमिताको आरोपमा दिन प्रतिदिन पक्राउ पर्दा आफ्नो शिर झुकेको बताएकी छन् ।

ललितपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा सरलीकृत फारामको शुभारम्भ गर्दै मन्त्री अर्यालले राष्ट्रसेवक कर्मचारीले सर्वसाधारणमा धुमलिएको छवि राम्रो बनाउनुपर्ने बताइन।

उनले मन्त्रालयअन्तर्गतका कार्यालयलाई व्यवस्थित गरी समयसापेक्ष अत्याधुनिक सेवा पारदर्शीरुपमा सञ्चालन गर्न कर्मचारीलाई निर्देशन दिइन ।

सरकारी कार्यालयबाट प्राप्त हुने सेवा सहजै पाउने जनताको अधिकार भएको उनको भनाइ थियो । “लोकतन्त्रमा जनताले दुःख पाए भने परिवर्तन संस्थागत हुन सक्दैन,’’ मन्त्री अर्यालले भनिन् । रासस

मुुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण : गृहमन्त्री थापा

काठमाडौँ, ६ साउन  । गृहमन्त्री रामबहादुर थापाले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण रहेको बताएका छन् ।      प्रहरी

‘सबै दलबीच मेलमिलाप आवश्यक’

दमौली, ६ साउन । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले बिपीको सम्मान गर्ने हो भने पार्टीभित्र र अन्य दलबीच आपसी मेलमिलाप आवश्यक रहेको

एउटै जिल्लामा नेकपाको सहइन्चार्ज कति ? फुटबल खेल्ने टीम जति !

काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले हिजो मात्रै जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंग्याएको छ । नेकपाले उक्त सूची सार्वजनिक

यी मन्त्रीः जसले छाडेनन् इन्चार्ज र सहइन्चार्ज पनि

काठमाडाैं, ६ साउन । सत्तारूढ दल नेकपाले सङ्घीय सरकारका मन्त्री तथा प्रदेश सरकारका मुख्यमन्त्री एवम् मन्त्रीलाई समेत जिल्ला इन्चार्ज तथा