टेलिकममा रणनीतिक साझेदार भित्रिँदै, अब कस्तो बन्ला टेलिकम ?

काठमाडौं, २३ असोज । औसत सेवा दिएपनि निरन्तर अकूत नाफा कमाइरहेको नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउने लगभग निश्चित भइसकेको बुझिएको छ । 

करिब २ वर्ष अगाडि नै बेलायतस्थित एक कम्पनीलाई परामर्शदाता नियुक्त गरेर टेलिकममा रणनीतिक साझेदार भित्र्याउने गरी नीजिकरणको प्रक्रिया सुरु गरिएको थियो । यस सम्बन्धी प्रस्ताव अहिले अर्थ मन्त्रालयमा पुगिसकेको थाहा भएको छ । अर्थ मन्त्रालयले यसको अध्ययन गरेर निर्णयको लागि मन्त्रीपरिषद् पठाउने छ । 

२०५८ सालसम्म टेलिकम सेवामा एकाधिकार जमाएको नेपाल टेलिकम हाल नाफा कमाउनेमा टेलिकम सेवा दिने कम्पनीको सूचीमा दोश्रो स्थानमा झरिसकेको छ । 

सरकारी नीतिमा चल्नु पर्ने तथा बढ्दो प्रतिस्पर्धामा खरो उत्रन नसकेको कारण पनि टेलिकमको शाख गिर्दो रहेको टेलिकम उच्च अधिकारीहरुले नै बताउने गरेका छन् । यस्तोमा रणनीतिक साझेदार भित्र्याउन सकेमा टेलिकमको क्षमताको अधिकतम उपयोग गर्दै प्रतिस्पर्धी कम्पनीको रुपमा आउन सकिने उच्च अधिकारीहरुको बुझाइ रहेको छ । 

टेलिकममा अहिले सरकारको ९१.४९ प्रतिशत शेयर र ८.४८ प्रतिशत सर्वसाधारणको शेयर छ भने नागरिक लगानी कोषको ०.०३ प्रतिशत शेयर रहेको छ । 

हालसम्म कुन कम्पनीलाई रणनीतिक साझेदार बनाउने भन्ने निर्णय नभैसकेको भएपनि अघिल्लो वर्ष जापानको दूरसंचार सेवा प्रदायक कम्पनी केडीडीआईले टेलिकमको रणनीतिक साझेदार बन्न इच्छा व्यक्त गरेको थियो । 

उक्त कम्पनीले सरकारको स्वामित्वमा रहेको ९१.४९ प्रतिशत शेयर मध्ये ३० प्रतिशत खरिद गरि  व्यवस्थापनको समेत जिम्मामा रहने गरि रणनीतिक साझेदार बन्न प्रस्ताव गरेको थियो । सो कम्पनीका कार्यकारी अधिकृत सहितको टोली नेपाल नै आएर उक्त प्रस्ताव गरेपछि टेलिकम व्यवस्थापन यस प्रस्ताव प्रति सकारात्मक बनेको थियो । केडीडीआई बाहेक अन्य केहि कम्पनीको पनि रणनीतिक साझेदार बन्ने प्रस्ताव आएको टेलिकमले जानकारी दिएको छ । 

तर सरकारले कति प्रतिशत शेयर दिने भन्ने कुरा निर्णय भने भैसकेको छैन । 

सरकारी स्वामित्वको भएको कारण पनि टेलिकमलाई सेवा बिस्तार गर्न सजिलो भइरहेको तथा ल्याण्डलाइन फोनमा पनि अरु कम्पनीको भन्दा बलियो उपस्थिति भएकोले पनि उच्च मुनाफा कमाइरहेको टेलिकममा विदेशी कम्पनी ल्याउँदा मुनाफा बाँड्नु पर्ने दायित्व भने बढ्नेछ । 

व्यवस्थापन चुस्त हुने तथा कार्यसम्पादनमा सुधार आउने भन्दै नाफामा गएको सरकारी कम्पनी बेच्दा दीर्घकालीन रुपमा यसको असर विश्लेषण गरी निर्णय गर्नुपर्ने यस क्षेत्रका विज्ञहरु बताउँछन् ।
 

इलाममा पुस २० गते  लगानी सम्मेलन हुने

मङ्गलवारे, १ पुस । इलाम सदरमुकाममा यही पुस २० गते लगानी सम्मेलन हुने भएको छ । कात्तिक २० गते गर्ने भनिएको तर अन्तिम समयमा स्थगन भएको लगानी सम्मेलन पुस २०

२० प्रतिशत आवेदकले मात्र चौतारी लघुवित्तको शेयर पाउने

काठमाडौ,२८ मंसिर । चौतारी लघुवित्तको आईपिओ आज बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले आज बाँडफाँडको तयारी गरेको हो। बिहीबार

शेयर मूल्य सामान्य अंकले बृद्धि

काठमाडौँ, २७ मंसिर । शेयर बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलव ६

बाह्र करोडमा प्रादेशिक दुग्ध उद्योग स्थापना

सुर्खेत,२७ मंसिर । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ ।काभ्रेस्थित