नेकपाको घर झगडामा प्रचण्ड सफल, ओली असफल

काठमाडौं । पूर्व एमाले नेताहरुलाई विभाजित गर्न पुष्पकमल दाहाल सफल भएका छन् । पूर्व एमाले नेताहरु बीचमा ठूलो विवाद र विभाजन सुरु भएको छ । यो विवाद र विभाजनमा प्रचण्डले खेल्नसम्म खेलेको तथ्य पूर्व एमाले नेताहरुले बुझ्न थालेका छन् तर बुझेर पनि केही गर्न नसक्ने अवस्थामा पुगेका छन् । 

एमाले र माओवादी एकीकरण भएपछि प्रचण्डले एमाले नेताहरुलाई विभाजित गर्ने रणनीति अपनाउनेछन् भन्ने आँकलन त्यसबेलै पनि गरिएको थियो । पूर्व आँकलन अनुसार नै प्रचण्डले एमाले नेताहरुलाई मुसा खेलाए झैं खेलाउन थालेको देखिएको छ । 

अहिले नेकपाभित्र पूर्व एमाले नेताहरुको झगडा सतहमा छरपस्ट देखिन थालेको छ । यो झगडाको गुत्थी केलाउन नेकपाका विभिन्न नेताहरुसँग अनौपचारिक कुराकानी गरेर सरल पत्रिका संवाददाताले यो सामग्री तयार पारेका छन्:

वामदेवको किस्सा

नेकपा भित्र पूर्व एमालेको अहिलेको झगडाको प्रस्थान विन्दु वामदेवले आमचुनावमा हार्नुलाई मान्ने गरिएको छ । ‘वामदेवको पराजयले पार्टीको आन्तरिक राजनीतिलाई दूरगामी असर गर्ने आँकलन हामीले त्यसबेलै गरेका थियौं’,– एमालेका एक युवा नेता भन्छन् ।

वामदेवको हारका विभिन्न कारणमध्ये एउटा कारण ‘म भावी प्रधानमन्त्री हूँ’ भन्ने वाक्य मुखबाट निस्कनुलाई मानिएको छ । वर्दियामा चुनावी सभाको क्रममा वादमदेवले एक ठाउँमा भाषण गर्दै आफूलाई भावी प्रधानमन्त्री भनेका थिए । उनको भनाई समाचारमा छायो र केपी ओलीको कानमा पनि स्वत पुग्यो । 

वामदेवलाई शुभचिन्तकहरुले तत्कालै सुझाव दिए, आफूलाई ‘भावी प्रधानमन्त्री’ नभन्नु भनेर । वामदेवले माने । तर, चुनावमा ओली पक्षले अन्तर्घात थालिहाल्यो । र, वामदेव हारे । उनले हार्नुमा अन्तर्घात एउटा कारण मात्र चाहिँ थिएन । 

वामदेवले हारेपछि सहानुभूति प्रकट गर्दै प्रचण्डले फोन गरे तर अध्यक्ष ओलीले सहानुभूति प्रकट गरेनन् । वामदेवले अन्तर्घात गरेको आरोप लगाउँदै ओलीसँग भिड्ने बिचार गरे, प्रचण्डलाई यही कुरा भने तर प्रचण्डले अर्कै सल्लाह दिए । त्यो सल्लाह हो उपचुनाव लडेर सांसद बन्ने । यसका लागि ओलीसँग भिड्न हुँदैन मिल्नपर्छ भन्ने प्रचण्डको सल्लाह वामदेवले माने । 

वामदेवलाई उपचुनाव लडाउन आफू इच्छुक भएको कुरा प्रचण्डले प्रकट हुन दिएनन् । वामदेवलाई चुनाव लडाएर सांसद बनाउनुमा प्रचण्डलाई रणनीतिक लाभ छ । ओलीले यो कुरा बुझे, त्यसैले वामदेवलाई सिट खाली गरिदिन्छु भन्ने सांसदलाई छेकवार लगाउन थाले । आफू सांसद बन्ने बाटोमा ओली तगारो बनेको बुझेपछि वामदेव आक्रोशित भए । अहिले ओली विरुद्ध आफैं अगाडि सरिरहेका छैनन्, ओली विरुद्ध जो अगाडि सर्छ उसैलाई साथ दिइरहेछन् । 

ओली विरुद्ध पहिलो वगावत झलनाथ खनालले गरे । वामदेवले झलनाथलाई साथ दिए । त्यसपछि अहिले माधव नेपालले विद्रोह गरेका छन् । वामदेवले माधवलाई साथ दिएका छन् । झलनाथ र माधवलाई एक ठाउँमा ल्याउन वामदेवले प्रयास गरिरहेको बुझिन्छ ।

‘भलाद्मी’ प्रचण्ड

पूर्व एमालेको यो झगडामा तटस्थ बसे झैं गरिरहेका छन् प्रचण्ड । त्यतिमात्र होइन, झगडा गर्न हुँदैन मिल्नपर्छ भनेर उपदेश समेत दिइरहेछन् । तर, ओली विरुद्ध हुने हरेक मोर्चावन्दीमा उनले साथ दिइरहेको तथ्यबाट ओली पक्ष बेखबर छैन । 

पार्टीमा आन्तरिक झगडा कसरी गर्नुपर्छ, गुटलाई कसरी बलियो बनाउनुपर्छ अनि अरुलाई कसरी फुटाएर राज गर्नुपर्छ भन्नेमा प्रचण्डले महारथ हासिल गरेका छन् । ओलीसँग प्रत्यक्ष नभिड्ने, अरुलाई नै भिडाउने प्रचण्डको रणनीति प्रष्टै देखिन्छ । 

प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने प्रचण्डको अर्जुन दृष्टि हो भन्ने जगजाहेर छ । यसका लागि पूर्व एमालेलाई फुटाउनै पर्ने हुन्छ । र, अहिले पूर्व एमालेहरुबीच फुट, विभाजन र हानाहानको अवस्था सिर्जना भएको छ । अरु विवादमा उत्रँदा प्रचण्ड चाहिँ भलाद्मी देखिएका छन्, भलाद्मी बन्ने प्रचण्डको रणनीति अझै केही महिना जारी रहने आँकलन गरिएको छ ।

माधव नेपालले के गर्छन् ?

प्रचण्ड र वामदेवले आड नदिई ओलीसँग भिड्न माधव एक्लै मैदानमा आएका हुन् भन्ने मान्न कोही तयार छैनन् । झलनाथलाई ओलीले साइड लगाइदिए, वामदेवलाई साइजमा ल्याइदिए, अब आफूलाई पनि ठेगान लगाउँछन् भन्ने भय माधवलाई हुनु अस्वाभाविक होइन । कि आत्मसमर्पण गरेर खोपाको देउता जसरी बस्ने कि हैसियत विहिन बनेर बस्ने अवस्था माधवको अगाडि थियो । उनले तेस्रो बाटो रोजे– विद्रोह गर्ने । अहिले एमाले झगडाको बाहिरबाट देखिने मूल बिषय माधवको विद्रोह नै हो । 

यो बिद्रोहमा माधव कुनै न कुनै सम्झौतामा पुग्न चाहन्छन् । उनी निकटहरु भन्छन्– आफ्नो गुटमा लागेकाहरुको सुरक्षाका लागि पनि माधवले विद्रोह गर्न आवश्यक भइसकेको थियो । विद्रोह गरेर गुटलाई सशक्त पार्ने अभियानमा माधव लाग्नेछन् । 

माधवको फरक मतलाई पार्टीले कुनै टुंगोमा पुर्याउने छैन भन्छन् जानकारहरु । उनीहरुका अनुसार झगडाको भित्री तत्व भनेको पार्टीमा वर्चश्व कसरी कायम राख्ने र कसरी बढाउने भन्ने नै हो, आफूलाई कसरी शक्तिशाली बनाउने भन्ने नै हो, बाँकी सबै देखाउने कुरा मात्र हुन् । 

प्रचण्डको होशियारी

एमालेभित्र झगडाको आगो सल्किएको छ र यो आगोलाई डढेलो बनाउन प्रचण्डका लागि आवश्यक छ । र, यो डढेलोबाट आफ्नो गुट अर्थात् पूर्व माओवादीलाई जोगाउनु पनि छ । यो काम निक्कै कठिन छ । जानकारहरु भन्छन्– ओलीले प्रचण्डको रणनीति बुझेका छन् । त्यसैले पूर्व माओवादीलाई फुटाउने प्रयास गरिरहेका छन् । यसका लागि उनले रामबहादुर थापा वादललाई अगाडि सार्न खोजेका छन् । वादललाई जसरी भए पनि प्रचण्ड विरुद्ध उतार्ने ओलीको उद्देश्य रहेको बुझिन्छ ।

उग्र, चञ्चल र बढि बोल्ने स्वभावको भनी कहलिएका प्रचण्डले आफ्नो स्वभाव पूरै बदल्न थालेका छन् । उनी थोरै बोल्न थालेका छन्, सार्वजनिक कार्यक्रममा हतपति बोल्दैनन्, बोल्नै परे पनि विवाद हुने कुनै कुरा बोल्दैनन् । यतिबेला पूरै होशियार छन् प्रचण्ड । 

तर, आगामी दिनमा पूर्व एमालेको झगडामा प्रचण्डले ओलीको विपक्षमा उभिनैपर्ने दिन आउने छ, अहिले चाहिँ ओलीकै पक्षमा प्रचण्ड दह्रोसँग उभिने आँकलन गरिएको छ ।

‘देश तनावमा छ जनाव’

पलाञ्चोक भगवतिको दर्शन गर्दा रातो पहिरनमा सजिएकी राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो अर्कै रंगको पहिरनमा भद्रकाली दर्शन गर्न पुगेकी थिईन् ।

चक्रलाई दुईपटक प्रधानमन्त्री बन्ने अवसर आउँदा रोक्ने को हो ?

माओवादीले थालेको हिंसात्मक जनयुध्दको असरले नेपालमा धेरै ठूलो परिमाणमा जनधनको क्षति हुन थालेपछि उहाँले त्यसलाई रोक्न पहल गर्नुभएको थियो । नेता

  दशैंका बेला उत्तरकाशीतिर रामचन्द्र

काठमाडौं । दशैं लागेकाले होइन,अरु नै कारणले कांग्रेसका केही नेताहरुमा हिन्दूत्वप्रतिको मोह बढ्न थालेको छ । बुढ्यौली लाग्दै गएपछि धर्मकर्ममा मन

 विचरो दुई तिहाई !

'राज्ययन्त्रहरूले सरकारलाई टेरेनन्' !   प्रधानमंत्री, मंत्रीहरूले भनिरहने कुरा हो यो !  नेकपाका अर्का अध्यक्ष पुष्पकमल पनि त्यस्तै कुरा