अच्युत खरेलसँग बामदेव रिसले बम

काठमाडौं । नेकपाका नेता वामदेव गौतमले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलद्वारा प्रकाशित ‘आत्मकथा’मा आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

आफ्नै निवासमा सोमबार पत्रकारसँग कुराकानी गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री गौतमले खरेलले प्रकाशन गरेको ‘अच्युतकृष्ण खरेल आत्मकथा’मा आफूलाई इङ्गित गरी एक पत्रकारमार्फत २० लाखको आफूले प्रस्ताव पठाउँदा खरेलले अस्वीकार गरेको भन्ने जस्ता झूटा कुरा लेखेर चरित्र हत्या गर्न खोजेको बताए। 

“खरेलको आत्मकथामा मैले कुन पत्रकार पठाएर २० लाख रुपैयाँ प्रस्ताव गरेँ २० लाखको प्रस्ताव लिएर आउने त्यो पत्रकार को थियो रु त्यो खरेलले पुष्टि गर्नुपर्दछ”, उनले भने, “आफ्नो आत्मकथामा मेराबारे तथानाम जे पायो त्यही झूटा असत्य कुरा लेखेर चरित्र हत्या गर्न खोज्ने रु” नेता गौतमले खरेलले आइजिपीबाट आफूलाई हटाइएको बदला आफ्नो आत्मकथामार्फत सार्वजनिक गरेको जिकिर गरे। खरेलले लेखेका कुरामा कुनै सत्यता नभएको उल्लेख गर्दै नेता गौतमले स्थानीय निर्वाचन गर्न नसक्ने भएपछि पार्टीको निर्देशनमा खरेललाई प्रहरी प्रमुखबाट हटाइएको स्पष्ट पारे। 


“मलाई खरेललाई हटाउने चाहना थिएन । म गृहमन्त्री भइसकेपछि तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारी र महासचिव माधव नेपालले पहिलो काम स्थानीय निर्वाचन गर्नुपर्दछ भन्नुभएको थियो”, उनले भने, “तर खरेलबाट स्थानीय निर्वाचन हुने सम्भव देखिएन । अनि बाध्य भएर पार्टीकै निर्देशनमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सहमतिमा खरेललाई हटाएको हुँ ।” राससका अनुसार,खरेललाई नहटाएको भए स्थानीय तहको निर्वाचन हुनै नसक्ने उनले जिकिर गरे। 

यस्तो छ कांङ्ग्रेस महासमितिको झलक

काठमाडौं । सङ्घीय संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको महासमिति बैठक अहिले शुरु भएको छ । सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा आयोजित

नेपाली कांग्रेसको महासमिति बैठक उद्घाटन आज

काठमाडौ,२९ मंसिर । नेपाली कांग्रेसको बहुप्रतीक्षित महासमिति बैठक झण्डै ६ वर्षपछि आज काठमाडौमा सुरु हुँदैछ । विधानमा प्रत्येक वर्ष गर्नुपर्ने

नेकपा स्थायी कमिटी बैठक आज,सरकारको समिक्षा होला ?

काठमाडौ,२९ मंसिर । झण्डै पाँच महिनापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकमा सचिवालयले प्रस्तुत गर्ने झण्डै आधा

कांग्रेस महासमिति: अन्तिम भोज खाने कि जागेर जाने ?

नेपाली कांग्रेसले जहानियाँ निरंकुश राणातन्त्र, राजाको अधिनायकत्वको एकदलीय निरंकुश पञ्चायत र त्यसपछि फेरि राजाको प्रत्यक्ष शासन विरुद्धका