दशैँमा पुराना सवारी चलाए कारवाही गरिने

काठमाडौं, २२ असोज । दशैँका लागि लामो दूरीका सडकमा सार्वजनिक यातायातको संख्यामा कमी हुन थालेपछि वर्षौंदेखि ग्यारेजमा थन्किएका सवारी बसपार्कमा निकालिएको छ ।

यातायात व्यवस्था विभागले असोज २४ गतेदेखि देशभर जुन सवारी जहाँसुकै जान पाउने गरी ‘रुट परमिट’ खारेज गर्ने घोषणा गरिसकेको छ । वर्ष दिनसम्म विभिन्न पेशा व्यवसायमा संलग्न भई राजधानीलगायत ठूला शहरमा बसेका मानिस राष्ट्रिय पर्व मनाउन घर जाने तयारीमा छन् ।

घर जाने तयारी गरेका यात्रुले सवारीको टिकट नपाएपछि विभागले ‘रुट परमिट’ खारेज गर्ने निर्णय गरेको हो । त्यसको खारेजीलाई पुराना सवारी निकालेर चलाउने अवसरका रुपमा व्यवसायीले उपयोग गर्न खोजेको सार्वजनिक यातायात सुधार अभियानमा लागेका रामबहादुर थापाले बताए ।

“नयाँ र पुरानो बसपार्कमा गरिएको नागरिक अनुगमनका क्रममा झ्यालमा सिसा नभएका, हेर्दै थोत्रा देखिने सवारी बसपार्कमा राखिएका छन्, यी सवारी हेर्दा लाग्छ २० वर्ष नाघिसकेका हुन्, तर हामीलाई सवारीको कागजपत्र हेर्ने अधिकार छैन, यस्ता सवारीका कारण बडा दशैँका समयमा दुर्घटना नहोस् भन्ने हाम्रो चिन्ता हो”, उनले भने ।

विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले नियमित अनुगमन भइरहेकाले पुराना सवारी निकालिएको भए नियन्त्रणमा लिइ कारवाही गरिने बताएका छन् ।  विभागले आज बिहान कोटेश्वरमा गरेको अनुगमनमा ६ सय भाडा तोकेको ठाउँमा ८ सय लिने सवारीलाई कारवाही गरेको छ । अनुगमनका क्रममा बढी लिइएको भाडा फिर्ता गरिएको उनले बताए ।

बसपार्कमा पुराना सवारी निकालेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखामा पनि आएकाले नयाँ र पुरानो बसपार्कमा सतर्कता अपनाउन निर्देशन दिइएको सहप्रवक्ता दीपेश दाहालले बताए ।

दशैँका अवसरमा प्रत्येक वर्ष २५ लाखभन्दा बढी यात्रु उपत्यका बाहिर जाने गर्छन् । घटस्थापनादेखि नै उपत्यका बाहिरिने सवारीको संख्या बढ्ने गरेको महाशाखाले जनाएको छ ।

मानिस र कुकुरको सम्बन्धको इतिहास कति पुरानो

निकै पहिलेका कुकुरहरूबारे उपलब्ध डिएनए परीक्षणले मानिसको साथमा कुकुर रहँदै आएको ९ हजार वर्ष पुगेको देखाएको छ। मानव जातिका पुर्खाले खेतीकिसानी सुरु

प्रधानमन्त्रीहरुका भाषण सम्झँदै रित्तो दशैँको स्वागत गर्दै छन् बाढी पीडित 

सुर्खेत । यहाँका बाढीपीडितका शिविरमा दशैँको कुनै उल्लास छैन । विस्थापित चार वर्षदेखि त्रिपालको टहरामुनि बस्न बाध्य छन् ।  गिरिघाट शिविरका

दशैंमा राजधानीबाट २२ लाख मानिस बाहिरिए

काठमाडौं । काठमाडौँ उपयकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी मानिस बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा

सुत्केरीलाई पोषण भत्ता

कञ्चनपुर, ३० असोज । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ ले सुत्केरीलाई पोषण भत्ता उपलव्ध गराउन थालेको छ । ग्रामीण क्षेत्रका महिला सुत्केरी हुँदा