५० लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान

काठमाडौं, २२ असोज । नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व र हिस्सा छ । धानको उत्पादन घट्दा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा असर पर्छ भने उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ ।

धानको उत्पादन बढेकाले यस वर्ष किसान खुशी छन् तर, मंसिर मसान्तसम्म कुनै प्राकृतिक प्रकोप भएन भने राज्यको आम्दानी बढ्ने निश्चित प्रायः छ । गत वर्षभन्दा यस वर्ष १० प्रतिशतले रोपाइँ बढी भएको छ । गत वर्ष ८३ दशमलव ९७ प्रतिशत जमिनमा रोपाइँ भएको थियो भने यस वर्ष ९२ दशमलव २५ प्रतिशतमा रोपाइँ भएको छ ।

यस वर्ष नेपालमा जेठ ३१ देखि मनसुन शुरु भएको थियो । त्यसभन्दा अघिको ‘प्रिमनसुन’ले चैते धानलाई फाइदा पु¥याएको थियो । पर्याप्त वर्षाका कारण टारटुक्रा जमीनमा समेत सिँचाइ भएकाले उत्पादनमा बढोत्तरी हुने भएको हो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता तेजबहादुर सुवेदीले धानलाई पानी चाहिएका बेला पर्याप्त वर्षा हुनु, मलखाद र कीटनाशक विषादीको अभाव नहुनाले धानको उत्पादन उत्साहजनक देखिएको बताएका छन् ।

नेपालमा सन् १९७० मा २३ लाख, सन् १९८० मा २४ लाख ६० हजार, सन् १९९० मा ३० लाख ५० हजार, सन् २००० मा ४० लाख २२ हजार र सन् २०१० मा ४० लाख दुई हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष ५० लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।

कृषि गणना २०६८ मा नेपालको कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३२ प्रतिशत रहेको उल्लेख छ । त्यसमा धानको योगदान १२ प्रतिशत छ । नेपालको प्रमुख खाद्यान्न बाली धान हो । गत वर्ष नेपालले लगभग २४ अर्बको चामल आयात गरेको थियो । नेपालमा चैते धान, वर्षे धान र घैया धानको खेती हुँदै आएको छ ।

आव २०६०/६१ देखि २०७४/७५ सम्म को तथ्याङ्क केलाउँदा नेपालमा धानको उत्पादन बढ्नु र घट्नुमा मौसमै निर्भर भएको देखिन्छ । जुन वर्ष मौसम अनुकूल हुन्छ त्यो वर्ष धानको उत्पादन बढेको र मौसम प्रतिकूल भएका बखत उत्पादन घटेको देखिन्छ ।

नेपालमा कूल खेतीयोग्य जमीनको क्षेत्रफल ३० लाख ९१ हजार हेक्टर छ । एक हेक्टर जमिन भनेको २० रोपनी हो । कूल खेतीयोग्य जमिनमध्ये लगभग ५० प्रतिशत जमिनमा धान खेती हुन्छ । अधिकांश जमिन आकासे सिँचाइमा निर्भर छ । धान लगाउने मौसम (असार–साउन) मा वर्षा भएन भने सिफारिश भए जति जमिनमा धान रोपाइँ हुन सक्दैन ।

नेपालमा २०६०/६१ देखि २०७४/७५ अर्थात् १५ वर्षमा सबैभन्दा धेरै धानखेती भएको आव २०६०/६१ हो । सो वर्ष १५ लाख ५९ हजार ४३६ हेक्टर जमिनमा रोपाई भएकामा ४४ लाख ५५ हजार ७७२ मेट्रिक टन धान फलेको थियो ।

त्यसैगरी यहाँ सबैभन्दा कम ११ वर्ष पछि ०७२/७३ मा १३ लाख ६२ हजार ९०८ हेक्टर जमिनमा धानखेती भएकामा सो वर्ष ४२ लाख ९९ हजार ७८ मेट्रिक टन धान उत्पादन भएको थियो । पन्ध्र वर्षको सेरोफेरोभित्रमा सबैभन्दा धेरै धान फलेको वर्ष ०७३/७४ साल हो । उक्त वर्ष ५२ लाख ३० हजार ३२७ मेट्रिक टन धान उत्पादन भएको थियो ।

नेपालको कूल जमिनमध्ये ३० लाख ९१ हजार हेक्टरमा खेतीमध्ये लगभग ५० प्रतिशतमा धान खेती हुन्छ । सिँचाइ मन्त्रालयको तथ्याङ्कनुसार ६० प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । धान रोपाइँ हुने असार–साउन महीनामा वर्षा भएन भने सिफारिश भए जति क्षेत्रफलमा धान रोपाइँ हुन सक्दैन ।

प्रत्येक वर्ष धान खेती गर्ने जमिन घटिरेहेको छ । २०६०/६१ मा १५ लाख ५९ हजार ४३६ हेक्टरमा धान खेती भएकामा १५ वर्षपछि १४ लाख ६९ हजार ५४५ हेक्टरमा सीमित हुन पुग्यो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्कले धानखेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको देखाएको छ । कृषि विभागको तथ्याङ्कनुसार १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ ।

वरिष्ठ कृषि अर्थशास्त्री शंकर सापकोटाका अनुसार नेपालीलाई लगभग वार्षिक ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ । संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौर हो भने सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो । झापा जिल्लालाई सरकारले धान उत्पादनको ‘‘सुपार जोन’ घोषणा गरेकोे छ ।

संसारका आधा जनसंख्याको मुख्य खाना भात हो । एशियाली देशमा ९० प्रतिशतभन्दा बढी धानको उत्पादन हुनाका साथै खपत पनि हुन्छ । संसारमा सबैभन्दा धेरै धान फल्ने देश चीन हो । विश्वका ७८ भन्दाबढि देशमा ८६४ थरीका धानका बीउ सिफारिश भएका छन् । नेपालमा ८६ उन्नत र सात रैथाने जातको बीउबाट उत्पादन गरिँदै आएको छ ।

हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालका सबै जिल्लामा धान रोपाइँ हुन्छ । विगत १५ वर्षदेखिको तथ्यांकलाई विश्लेषण गर्दा धानको उत्पादन सन्तोषजनक छैन । सरकारले आगामी पाँच वर्षभित्र धानको उत्पादन दोब्बरले वृद्धि गर्ने घोषण गरेको छ । आगामी पाँच वर्षमा अर्थात् ०७८/७९ मा नेपालले एक करोड चार लाख मेट्रिक टन धान उत्पादन गर्नुपर्छ ।

भन्सार पुनःस्थापना नहुँदा तिब्बतको व्यापार ठप्प

दार्चुला, ३ कात्तिक । हामी सरकारलाई राजस्व तिर्न तयार छौँ, तर सरकार राजस्व लिन तयार छैन्, यो भनाइ हो दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह

मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा

पर्वत, १ कात्तिक । लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन

 भन्सार छल्न खोज्ने ट्रक सामानसहित नियन्त्रणमा

बुटवल । सशस्त्र प्रहरी बल नेपाल, राजश्व भन्सार सुरक्षा नम्बर ३८ गुल्म रुपन्देहीले आज भन्सार छलेर नेपाल भित्र्याएको अवैध सामानसहित ढुवानीमा प्रयोग

केरा खेतीले यसरी किसानको ध्यान खिच्यो

भीमदत्तनगर । झण्डै अढाई दशकअघि एक कठ्ठा जमीन भाडामा लिएर केरा खेती शुरु गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१० तिल्केनीका पूर्ण साउँद अहिले जिल्लामै