नेपाल र बंगलादेश ऊर्जा संयन्त्र बैठक कात्तिकमा प्रस्ताव

काठमाडौं, २१ असोज । ऊर्जा क्षेत्रमा सहकार्य गर्ने लक्ष्यसाथ गठित नेपाल–बंंगलादेश ऊर्जा संयन्त्रको बैठक आगामी कात्तिक २९ र ३० गते काठमाडौँमा आयोजना गर्ने प्रस्ताव गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बैठकको मिति प्रस्ताव गर्दै आवश्यक सहजीकरण गरिदिन परराष्ट्र मन्त्रालयलाई शुक्रबार पत्राचार गरेको छ । गत साउन २५ गते नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत् ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोही समझदारीमा उक्त संयन्त्र गठन हुने प्रस्ताव गरिएको थियो ।

समझदारीपत्रका आधारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सचिवको नेतृत्वमा संयुक्त सञ्चालन समिति र सहसचिवको नेतृत्वमा संयुक्त कार्य समूह गठन गरिएको छ ।

समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा मन्त्रालयकै ऊर्जा महाशाखाका सहसचिव, परराष्ट्र मन्त्रालयका सहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव, विद्युत् विकास विभागका महानिर्देशक, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र मन्त्रालयकै विकास सहायता तथा प्रादेशिक समन्वय शाखाका सिनियर डिभिजनल इञ्जिनीयर सदस्य रहने व्यवस्था छ ।

संयुक्त कार्य समूहमा मन्त्रालयका ऊर्जा महाशाखाका सहसचिवको सहअध्यक्षतामा परराष्ट्र मन्त्रालय, ऊर्जा मन्त्रालयका कानून महाशाखाका सहसचिव, विद्युत् विकास विभागका उपमहानिर्देशक, नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक, प्राधिकरणको विद्युत् व्यापार विभागका प्रमुख, ऊर्जा मन्त्रालयका विकास सहायता तथा प्रादेशिक समन्वय शाखाका सिनियर डिभिजनल इञ्जिनीयर सदस्य रहने व्यवस्था छ ।

बंगलादेशले सोही स्तरको संरचना तयार पारेको छ । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव समितिको सहअध्यक्ष रहने व्यवस्था छ । बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सचिव पनि सहअध्यक्ष नै रहने व्यवस्था छ ।

संयुक्त कार्य समूहको पनि त्यस्तै व्यवस्था छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल र बंगलादेशबीचको ऊर्जा संयन्त्रको बैठकको मिति प्रस्ताव गरिएको र कूटनीतिक च्यानलमार्फत बंगलादेशलाई आग्रह गरिएको छ ।  रासस

 

आँपको मूल्यमा दोब्बर वृद्धि

गाईघाट, ५ असार । आँपको उत्पादनमा कमी आएपछि यसको मूल्यमा दोब्बरले वृद्धि भएको छ ।  यो वर्ष उदयपुरलगायत यस क्षेत्रमा आँपको उत्पादनमा कमी आएपछि अहिले

उफ गर्मी: पानीको मुहान सुक्दा जनजीवन प्रभावित

रौतहट, ५ असार । अत्यधिक गर्मीका कारण रौतहटकोे जनजीवन प्रभावित भएको छ । विगत एक सातादेखि तापक्रम बढेपछि जनजीवन अस्तव्यस्त भएको हो । वायुमण्डलीय

बागलुङमा व्यावसायिक खरायोपालन

गलकोट, ४ असार । बागलुङ नगरपालिका–३ गौडाकोटका नारायण शर्माले व्यावसायिकरुपमा खरायोपालन शुरु गरेका छन्।  शर्माले चार महीनाअगाडि घरमा पाल्न दुई

कृषकलाई यान्त्रिक हलो वितरण

बलेवा, ३ असार । कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले बागलुङ नगरपालिका–१२ अमलाचौरले यान्त्रिक हलो (मिनी पावर टिलर) वितरण गरेको छ । थोरै समयमा धेरै