आजदेखि नयाँ नोट साट्न पाईने,कहाँ कहाँ छन् काउण्टर ?

काठमाडौं । दशैंतिहारका लागि आज आईतबारदेखि नयाँ नोट साट्न पाईने भएको छ । नेपाल राष्ट्र बैंकले यो पर्वमा करिब १३ अर्ब रुपैंयाँ बराबरको नयाँ नोट साटिने संभावना रहेको जनाएको छ । बैंकले नयाँ नोट बितरण सुरु गरेपछि नोटका उपभोक्ताको लाईन लाग्न पनि सुरु भएको छ । 

  राष्ट्र बैंकले दशैँमा ५सय देखि एक सयका नयाँ नोट सटहीमा राखेको छ । ५ सय र एक हजारका गरी ५८ अर्ब रुपैयाँको नया नोट विभिन्न बैंकहरु मार्फत भुक्तानी हुने राष्ट्र बैंकको अनुमान छ । 

  राष्ट्र बैंकका शाखा,सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि बिकास बैंकका शाखा कार्यालयबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ । 

बैंकले ५, १०, २०, ५० दरका रुपैंयाँका दुई–दुई पाकेट र १०० दर रुपैंयाँको एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँ साट्ने सुविधा दिएको छ । 

यो सुविधा असोज २९ गतेसम्मका लागि व्यवस्था गरिएको छ ।

नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका २१ शाखा कार्यालयबाट सर्बसाधारणले नयाँ नोट उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । यस वर्ष राष्ट्र बैंकका कार्यालयबाहेक नेपाल बैंकका न्युरोड, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, लाजिम्पाट र भक्तपुर कार्यालयबाट नयाँ नोट वितरण गरिने छ । 

यसैगरी, राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार, नक्साल, कंलकी र बालाजु शाखाबाट पनि नयाँ नोट साट्न सकिने छ । 

साथै कृषि विकास बैंकका गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु र मंगलबजार शाखाबाट नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ ।   

दशैँमा संवैधानिक निकाय, सरकारी कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य संघ–संस्था लगायत कार्यालयलाई सम्बन्धित संस्थाको पत्रको आधारमा नयाँ नोट साट्ने व्यवस्था मिलाइएको बुझिएको छ । मुद्रा व्यवस्थापन विभाग थापाथलीको काउन्टरबाट समेत नयाँ नोट साट्न सकिने छ ।

उपत्यकाबाहिर राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयबाट साट्न पाइनेछ । राष्ट्र बैंकका विराटनगर, जनकपुर, विरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज, धनगढीमा समेत नयाँ नोट साट्ने व्यवस्था मिलाइएको बताईएको छ ।  
 

शेयर बजार: नेप्से सामान्य सुधार

   काठमान्डौ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक

न्यून बजेटले सिन्धुपाल्चाेक र काभ्रेमा १४० खानेपानी आयोजना रोकिए

काभ्रे, ६ साउन । आर्थिक वर्ष २०७५/०७६ मा न्यून बजेटका कारण असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १४० वटा खानेपानी

मेची भन्सारको राजश्व लक्ष्यभन्दा कम

भद्रपुर, ३ साउन । मेची भन्सार कार्यालय झापाले गत आव २०७५÷७६ मा लक्ष्यको तुलनामा १५ प्रतिशतले राजश्व सङ्कलनमा कमी भएको जनाएको छ । भारतको कोलकाताबाट

पाँचसय म्यानपावर कम्पनी खारेज हुने

काठमाडौं । सरकारले म्यानपावर कम्पनीमाथि कडाई गर्ने तयारी गरिरहेको बुझिएको छ । उनीहरुको धरौटी बढाउने गरी नीति ल्याउन लागेसँगै निर्धारित संख्याभन्दा