एकैदिनमा ३ उडान भर्दै नेवानिले इतिहास बनायो

काठमाडौँ, २० असोज । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा सेवा विस्तारलाई तीव्रता दिएको छ । व्यावसायिक सम्भावना बोकेका गन्तव्यमा उडान भर्ने योजनाका साथ निगमले आन्तरिक उडानलाई प्रभावकारी बनाउन लागेको हो । 

निगमले आज बिहानै लुक्लामा तीन उडान भरेको छ । निगमका प्रवक्ता अशोक सिग्देलले चीनबाट ल्याइएको वाई–१२ ई विमानबाट लुक्लामा व्यावसायिक उडान भरिएको जानकारी दिए । 

आज लुक्लाका लागि चार उडान तालिका राखिए पनि मौसमको खराबीले तीन मात्र उडान गरिएको उनले बताए । यो उडानलाई निगमको इतिहासकै ठूलो उपलब्धि मानिएको छ । यसअघि निगमको ट्वीनअटर विमानले बेलाबखत मात्र लुक्लामा उडान गर्ने गर्दथ्यो । 

पर्यटकीय मुख्ययाम शुरु भएको र लुक्लामा विदेशी पर्यटकको चाप हुने भएकाले पनि निगमले यो गन्तव्यलाई प्राथमिकता दिएको जनाएको छ । लुक्लासँगै डोल्पा, सिमिकोट, ताल्चा, जुम्ला, जोमसोमलगायत क्षेत्रमा पनि सेवा विस्तार गर्ने योजना रहेको प्रवक्ता सिग्देलले जानकारी दिए । 

करीब २० वटा गन्तव्यमा आन्तरिक उडान भर्दै आएको निगमसँग हाल दुई ग्राउण्डेड रहेको जहाज सहित चार वाई–१२, एक एमए–६०, दुई टुइनअटरलगायत नौ वटा विमान छन् । अन्तर्राष्ट्रियतर्फ हाल भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई, हङ्कङ, मलेशिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान गर्दै आएको छ । एक बोइङ नाइन एसिबी–५७५, एक वाइड बडी ए ३३०–२०० र एयरबस ३२० सिरिजको दुई विमानबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । रासस
 

हिउँले सेताम्य हुम्ला

हुम्ला, २७ मंसिर । हिसो बढ्दै गएको हुम्लामा बुधबार रातीदेखि हिउँ पर्न थालेको छ । बिहीबार बिहान भने हिउँले हुम्ला सेताम्य भएको छ । यहाँ बुधबार रातिदेखि

रारा तालमा साइकल मार्ग बनाइने

मुगु, २३ मंसिर । कर्णाली प्रदेश सरकारले देशको सबैभन्दा ठूलो ‘रारा ताल’ आसपास क्षेत्रमा साइकल मार्ग निर्माण गर्ने भएको छ । रारा तालमा पछिल्लो समय

  पुस पहिलो साता पर्यटन महोत्सव आयोजना गर्दै इलाम

काठमाडौं । कृषि उपज र पर्यटन व्यवसायमा प्रगति गर्दै आर्थिक उन्नति गरिरहेको इलामले आगामी महिना पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । पुस ५ गते देखि १६

 नेवानि गम्भीर भएकै हो त ?

काठमाडौं, १९ मंसिर । गत सोमबारको भेटमा जापानी प्रतिनिधि मण्डलले नेपाल वायुसेवा निगम (नेवानि) लाई नेपाल–जापान उडानको स्वीकृती पाउन सहयोग गर्ने बचन