ओली र प्रचण्डको दवावमा जोगिए मल्होत्रा र पोद्दार 

 काठमाडौं । घटना झण्डै एक महिना अघिको हो। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको उपलव्धिमूलक छानविनको माग राख्दै त्यस जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरु प्रचण्डको निजी निवास खुमलटार पुगेका थिए। प्रचण्डकी कान्छी बुहारी तथा खानेपानी मन्त्री विना मगर समेत कन्चपुरबाटै निर्वाचित भएको हुनाले पन्त बलात्कार र हत्याको घटनामा प्रचण्ड गम्भीर बन्लान भन्ने सांसदहरुको विश्वास थियो। उनीहरुले घटनाको संवेदनशीलता बताएर छानविनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई खरो निर्देशन दिन आग्रह गरे।
खुमलटार पुगेका सांसदहरु त्यतिखेर अचम्ममा परे, जब प्रचण्डले गृहमन्त्रीलाई निकै तल्लोस्तरबाट होच्याउँदै ‘को गृह मन्त्री बादल, बिचरा बादल’ भने। यसपछि सांसदहरु चित् खाएर प्रचण्ड निवासबाट बाहिरिए। भेटमा सहभागी एक सांसदका अनुसार यस घटनाले दुई वटा कुराको संकेत गरेको थियो, पहिलो प्रचण्ड बादललाई थोरै पनि पत्याउँदैनन् ।

त्यसैले उनले आफ्नै गृहमन्त्रीलाई नचिनेझैं गरी ‘को बादल ∕ बिचरा बादल’ भनेका हुन्। दोस्रो, पन्तका बलात्कारी, हत्याराहरुको ‘नेक्सस’ प्रचण्डसँग समेत पुगेको छ। जसले गर्दा उनी उक्त घटनालाई गम्भीर रुपमा लिन चाहँदैनन्। त्यसैले छानविनका लागि गृह मन्त्रीलाई खरो निर्देशन दिनुको साटो ‘बिचरा’ भनेर पन्छिएका हुन्।

पन्त बलात्कार र हत्याबिरुद्ध गृह मन्त्रालयले राम्रोसँग छानविन नगरेको भन्दै सर्वत्र सरकारमाथि आलोचना भइरहेको छ। घटनालाई नजिकबाट नियाल्ने हो भने बास्तवमा गृहमन्त्री थापाले आफ्नो तर्फबाट भूमिका निर्वाह गरिरहेका छन्। बलात्कार, हत्या काण्डमा कञ्चनपुरका तत्कालिन एसपी डिल्लीसिंह बिष्ट र केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंबाट गएको टोलीले प्रमाण लुकाउन अनेकन प्रयत्न गरेको, निर्दोषलाई फसाउने चालवाजी रचेको तथ्य सार्वजनिक भएपछि गृहमन्त्री थापाकै निर्देशनमा आठजना प्रहरी अधिकारीहरुलाई निलम्बन गरिनुका साथै गृह मन्त्रालयका सहसचिव र तत्कालिन डिआइजी धीरु बस्नेतको नेतृत्वमा दुई वटा छानविन समिति बनाइएको थियो।

पछिल्ला दिनमा राज्य व्यवस्था समिति समक्ष उभिएर पनि गृहमन्त्री थापाले निर्मला हत्याको अनुसन्धानमा गम्भीर त्रुटी भएको, पन्तको बाबुको भनिएको औंठा छापसमेत नक्कली रहेको खुलासा गरेका छन्। प्रचण्डले यस काण्डबारे जे जसरी चासो राख्न सक्थे, त्यसमा उनी मौन छन्। प्रहरी त अझै पनि अनुसन्धान प्रभावित पार्न लागिपरेकै छ। त्यसका बावजुद पनि गृहमन्त्री थापाले बलात्कार र हत्याबारे आफ्नो ठाउँबाट सकेको पहल र तथ्य खुलासा गरिरहेकै छन्।

केपी ओली नेतृत्वको दुई तिहाई बहुमतको सरकारलाई लोकप्रिय बनाउन कडा कदम चाल्ने मध्येका एक हुन् गृह मन्त्री थापा। अनि सरकारको चौतर्फी आलोचना भइरहँदा पक्षमा सबैभन्दा खरो प्रतिरोध थापाले नै गरिरहेका छन्। ‘तर, अहिले प्रचण्डदेखि अन्य नेताहरुसम्म थापालाई नै खुइल्याउन लागि परेका छन्,’ थापा निकट नेकपाका एक केन्द्रीय सदस्य भन्छन्, ‘उनीहरु जसरी हुन्छ थापालाई असफल बनाउने अभियानमा लागेका छन्।’ हुन पनि घटनाक्रमलाई केलाउँदा गृहमन्त्री थापाले सरकारलाई स्थापित बनाउन राम्रै भूमिका खेलिरहेको पाइन्छ। जस्तो कि सिन्डिकेट अन्त्य गर्ने, ठेक्का लिएर अलपत्र बनाउने ठेकेदारलाई पक्राउको प्रयास, सुन तस्करी र हुण्डी कारोबारीहरुलाई जेलमा हाल्ने प्रयत्न, सडकमा साँढे बनिरहेका टिपरहरुलाई दिउँसो गुड्न नदिने निर्देशन लगायत। तर, थापाका यी प्रयासलाई उनकै पार्टीका अध्यक्ष प्रचण्डलगायतले नै अवरोध गरिरहेको पाईएको छ।

एक महिनाकै दौरानमा राजधानीमा मात्र टिपरले दर्जन बढीको ज्यान लिएपछि थापाले काठमाडौं उपत्यकाभित्र बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म चलाउन प्रतिवन्ध लगाएका थिए।

सुन तस्करीको छानविनमा थापाले देखावटी रुपमा हाउजिङ तथा मोवाइल कारोबार गरिरहेका व्यापारी दीपक मल्होत्रालाई पक्राउ गर्न चाहेका थिए। हुण्डी कारोबारमा संलग्न विमल पोदार पक्राउ परेसँगै उनले मलहोत्राको संलग्नता खुलाएपछि थापा उनलाई पक्राउ गर्ने अन्तिम तयारीमा थिए। पोदार र मलहोत्रा ‘पार्टनर’ हुन्। मलहोत्रासँगै पूर्व आइजिपी उपेन्द्रकान्त अर्याल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख लोकमानसिं काकीसमेत पक्राउ सूचीमा थिए।

कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख भएपछि बानेश्वर हाइटमा रहेको उनको घर भाडामा लिएर मल्होत्राले सुन तस्करी गर्दै आएका थिए। जसलाई कार्की र पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले मजबुत साथ दिएको अनुसन्धानले देखाएको गृह मन्त्रालय सूत्रले बताएको छ। तर, मल्होत्रालाई प्रचण्डले संरक्षण गरेर पक्राउ गर्न नदिएको जानकारहरुको भनाई छ। पक्राउबाट बच्न आपूmले २२ करोड रुपियाँ बुझाएको मल्होत्राले बताउने गरेका उनी निकटहरु बताउँछन्। यसमा सिन्धुपाल्चोक पुख्र्यौली घर भएका खेलाडी पृष्ठभूमिका व्यक्तिले मध्यस्थता गराएका थिए। मल्होत्रा नै जोगिएपछि अर्याल र कार्की पनि स्वत जोगिए। यता सुन तस्करी काण्ड भने रहस्यमै गुजुल्टि रहेको छ।


सडक, पुललगायत निर्माणको ठेक्का लिने र काम लथालिङ्ग पार्ने ठेकेदारहरुलाई कानुनी दायरामा ल्याउन तथा जिम्मेवार बनाउन पनि गृहमन्त्री थापाले कदम चालेका थिए। तर, त्यो कदम पनि उपल्लो हस्तक्षेपले नै रोकियो। सडक ठेक्कामा सबैभन्दा बढी लापर्वाही गर्ने शारदाप्रसाद अधिकारी र पुलमा मनलाग्दी गर्ने पप्पु कन्ट्रक्सनका मालिकलाई पहिलो चरणमा नियन्त्रणमा लिएर अरु ठेकेदारलाई समेत चेतावनी दिने गृहमन्त्री थापाको योजना थियो। तर, यस अभियानले समेत प्रचण्डकै कारण सफलता पाउन नसकेको निकटस्थहरुको भनाई छ। शारदाप्रसाद अधिकारी प्रचण्डका घरबेटी हुन् यसबेला। शान्ति प्रकृयामा सहभागी भए यतादेखि नै प्रचण्ड यस्तै विवादित ब्यक्तिकोमा बस्दै आएका छन्। उनै प्रचण्डले अधिकारीलाई जोगाउन प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर थापालाई त्यस्तो नगर्न दवाव दिएका स्रोतको भनाई छ। स्रोतका अनुसार प्रचण्डको त्यस दवावमा ओली समेत मुकदर्शक बनेपछि गृहमन्त्री थापा ठग प्रबृत्तिलाई नियन्त्रणमा लिने यस कदमबाट पनि पछि हट्नु परेको थियो।

सिन्डिकेटको अन्त्य गर्न पनि गृहमन्त्री थापाले सबैभन्दा ठूलै कसरत गरेका थिए। गृहमन्त्रीको कुर्सीमा थापा थिएनन् भने सिन्डिकेट अन्त्यको वाहवाही हुने थिएन। तर, थापाको यस कदमलाई आफ्नो कार्यक्षेत्र भन्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुबीर महासेठ झगडा नै गर्न तम्सिए। गृहमन्त्री थापाकै पहलमा सिन्डिकेट पक्षहरुको बैंक खाता समेत राष्ट्र बैंकले रोक्का गरेको थियो। पछि महासेठकै योजनामा व्यवसायीहरुको खाता समेत खुला गरियो। र, सिन्डिकेटको अन्त्य हुबहु कार्यान्वयन भइसकेको छैन। सिन्डिकेट ब्यँुताउन ठूलै आर्थिक चलखेल भइरहेको यातायात मन्त्रालयका एक अधिकारी बताउँछन्। शहरी क्षेत्रबाट हटाइएका २० बर्ष पुराना थोत्रा गाडीलाई पहाडी क्षेत्रमा चलाउन दिनलाई महासेठकै योजनामा प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ। यो प्रस्ताव कार्यान्वयन भए धेरै नेपालीले अकालमा ज्यान गुमाउने छन्। 

स्रोतका अनुसार प्रचण्डले असहयोग गरेपनि प्रधानमन्त्री ओलीले भने आफ्ना कदमलाई साथ देलान भन्ने गृहमन्त्री थापाको विश्वास थियो। तर, प्रधानमन्त्री ओलीले पनि दरोसँग साथ नदिएको थापा निकटस्थहरुको गुनासो छ। थापा निकट एक नेता भन्छन्, ‘प्रचण्डले साथ नदिए पनि ओलीले धाप दिएको भए गृहमन्त्रीले सुन तस्करीमा संलग्न मल्होत्रा, ठेकेदार अधिकारी र रौनियारलाई पक्राउ गर्ने थिए। तर प्रधानमन्त्री ओलीका आफ्नै बाध्यता छन् मधेश विरोधीको ट्याग भिराइएका ओली रौनियारलाई समाउँदा मधेशमा आगो सल्काउने र फोरम सरकारबाट बाहिरिने दबावमा छन्। उता मल्होत्रा र अधिकारी समाउँदा कुन तुरुप हान्ने हुन् टुङ्गो छैन। (प्रकाश खबर-http://prakashkhabar.com)बाट ।

मेलम्चीको पानी दुई महिनाभित्र सुुन्दरीजलमा

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ ।  दैनिक २ सय ५० मिटरका दरले ढलान भइरहेको भन्दै आयोजना प्रमुख

ठूला उद्योगीले तिरेनन् ५२ करोड

मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गर्दै आएका छन् । विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयलाई उनीहरूबाट करबापतको

नेकपाको तल्ला कमिटीको एकता दसैंपछि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय र स्थायी समिति बैठक पटक–पटक सरेपछि एकीकरणसम्बन्धी बाँकी काम दसैँपछि धकेलिएको छ । गत २४ असोजका

जब प्रचण्डले पिङ खेल्दै दशैको शुभकामना दिए

ढोलाहिटीमा पिङ खेल्दै नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले टोलबासीसँग दसैंको शुभकामना आदानप्रदान गरेका छन्। टोलबासीले बनाएको