पूर्वराजा वीरेन्द्रको सम्पत्ति ८७ अर्ब

स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको नाममा अहिलेसम्म करिब ८७ अर्बको चल अचल सम्पत्ति भेटिएको छ। नेपाल ट्रस्टको कार्यालयले हालसम्म वीरेन्द्र र उनको परिवारको चलअचल सम्पत्ति ८७ अर्ब भएको अनुमान गरिएको छ। राज्य व्यवस्था समितिको बिहीबारको बैठकमा नेपाल ट्रस्टका सचिव डा. रमेशप्रसाद सिंहले अहिलेसम्म ८७ अर्बको रकम प्राप्त भएको बताए। सो सम्पत्तिलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन व्यावसायिक योजना बनाएर परिचालन गरी आएको रकम शिक्षा र स्वास्थ्यमा लागानी गर्ने उद्देश्य रहेको उनले बताए। सो कार्यान्वयन गर्न निर्देशिका तयार गरिएको पनि उनले बताए।

नेपाल ट्रस्टमा स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारको अचल सम्पत्तिअन्तर्गत २२ हजार रोपनी जग्गा प्राप्त भएको र चल सम्पत्तिअन्तर्गत १ अर्ब ६९ करोड रुपैंया प्राप्त भएको सचिव सिंहले जानकारी दिए।

यसैगरी, विदेशी मुद्रा अन्तर्गत हालसम्म ४९ हजार पाउण्ड, १ लाख ४१ हजार डलर प्राप्त भएको छ भने नविल बैंकमा ४ लाख ३५ हजार सेयर, होटल अन्नपूर्णमा ३० हजार ५ सय ३० सेयर, नेपाल पब्लिक निगममा ३७ सय ५० सेयर लगानी देखिएको छ। तयस्तै, रत्नमन्दिर पोखरा, दियालो बंगला चितवन र मकवानपुरके बंगलामा अचल सम्पत्ति रहेको उनले बताए। पोखराको फेवातालमा मात्रै करिब २ सय रोपनी जग्गा रहेको उनले जानकारी दिए । नागरिक दैनिकबाट ।

सन्दर्भ तेस्रो निर्वाचन दिवस: प्रदेश र स्थानीय तहको उपनिर्वाचन हुँदै

काठमाडौंँ, फागुन ५ गते । प्रदेश सभा सदस्यद्वय हरिशरण लामिछाने र टेकबहादुर घर्तीको निधनपछि प्रदेशसभामा दुई स्थान रिक्त छन् । प्रदेश ३ का भक्तपुरका

हिउँदे झरी अझै लम्बिने

काठमाडौं । भू–मध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आज आइतबार मौसममा केही सुधार भएर धेरै भेगमा घाम लागे पनि

७१ वर्षमा घरबार, ७२ वर्षसम्म उद्यम

  नरेन्द्र केसी- घोराही, दाङ  । उमेर ७२ तर मुस्कानमा जवानीकै झल्को । हिमालको हिउँजस्तै टन्न मिलेका दाँत, हाँसिरहने बानी । बिहानदेखि साँझसम्म

यो वर्ष पनि पाठ्यपुस्तक अभाव हुने संकेत

काठमाडौं । मुलुकभरका विद्यार्थीले यस वर्ष पनि समयमै पाठ्यपुस्तक नपाउने प्रायः निश्चित भएको छ । पाठ्यपुस्तक छपाइको काम समयमा पूरा हुन नसक्दा