फाष्ट ट्रयाक डिपिआरको  जिम्मा कोरियन कम्पनी सुसुङलाई

काठमाडौँ, १७ असोज । काठमार्डाै–तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) निर्माणको जिम्मा पाएको नेपाली सेनाले आयोजनाको को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणको जिम्मा  दक्षिण कोरियाको सुसुङ इञ्जिनीयरिङ कम्पनीलाई दिएको छ । मंगलबार नेपाली सेना र कोरियन कम्पनीबीच डिपिआर बनाउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको फाष्ट ट्रयाक डिपीआर तयार गर्न सेनाले आवेदन मागेकामा एक नेपाली सहित १६ विदेशी कम्पनीले आवेदन दिएका थिए । त्यसमध्य ६ वटा परामर्शदाता कम्पनी छनोट भएकामा कोरियाली परामर्शदाता कम्पनीले डिपिआर निर्माणको जिम्मा पाएको हो । मंगलबार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना प्रमुख एवं उपरथी योगेन्द्रबहादुर खाँण र सुसुङ कम्पनीका अध्यक्ष कि ह्युन ह्वाङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

फाष्ट ट्रयाकको डिपिआर यस अघि  भारतीय कम्पनी आइएल एण्ड एफएसले  तयार पारेको थियो । उक्त डिपिआरमा सहमति नभएपछि सेना आफैले डिपिआर बनाउने निर्णय गरेको थियो ।  गरेकामा प्रतिवेदनको मूल्यका विषयमा सहमति नभएपछि नेपाली सेनाले अर्को परामर्शदाताको छनोट गरेको थियो ।

 १० करोड १३ लाखको लागतमा आगामी कात्तिक ५ गतेदेखि लागू हुने गरी आगामी १०५ दिनभित्र तयार हुने गरी डिपिआर निर्माणका लागि सम्झौता गरिएको छ ।  द्र्रुतमार्गको डिपीआरका लागि १६ परामर्शदाता कम्पनीले आवेदन दिएका थिए । एशियाली विकास बैँकले सन् २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मानेर अहिले सेनाले निर्माणसम्बन्धी आधारभूत र प्रारम्भिक कार्य गर्दैआएको छ । 
 

 भूकम्प असर: दशौँ वर्षसम्म परकम्पन आउन सक्ने 

चितवन । महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गर्नुभएका

भूकम्प प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्रीको मुहारमा कहाँबाट आयो चमक

   काठमाडौं । विसं २०७२  मा यतिखेर देश शोकमग्न अवस्थामा थियो । कति मानिस ऐया र आत्था गर्दै पुरिएका संरचनाभित्र गुहार माग्दै थिए । कतिपय जीवनकै

नमूना शहर बनाउन डिपिआर शुरु

लमही, १० वैशाख । दाङको गढवा गाउँपालिकालाई नमूना शहरको रूपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम शुरु भएको छ । शहरी विकास

‘सर्भिस ट्र्याक’ को निर्माण ७५ प्रतिशत सकियो

         काठमाडौँ, २९ चैत । कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन ‘सर्भिस ट्र्याक’ को निर्माण ७५ प्रतिशत सकिएको छ । चिनियाँ