अठार महिलाको उजुरीले साहित्य तर्फको नोवेल पुरस्कार रोकियो 

स्टकहोम । दुई वैज्ञानिकलाई सन् २०१८ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने नोबेल समितिले घोषणा गरेको छ । 

कारोलिन्स्का इन्स्टिच्यूटमा भएको नोबेल सम्मेलनले अमेरिकी वैज्ञानिक जेम्स पी। एलिसन र जापानी वैज्ञानिक तासुकु होन्जुलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको   हो । 

दुवै वैज्ञानिकले क्यान्सर रोगको उपचारका क्षेत्रमा नवीन खोजका लागि उक्त पुरस्कार दिइएको नोबेल समितिले जनाएको छ । 

यसैबीच, स्वीडेनको अदालतले साहित्यतर्फको नोबेल पुरस्कारका लागि मनोनयन गरिएका ७२ वर्षीय फ्रान्सेली साहित्यकार जाँ–क्लाउड आर्नोल्टलाई बलात्कारको आरोपमा दुई वर्षको जेल सजाय सुनाएको छ । 

स्टकहोम जिल्ला अदालतले साहित्यकार आर्नोल्ट दोषी रहेको पुष्टी भएको बताएको छ । 

आर्नोल्टकी पत्नी स्वेडिस एकेडेमीको सदस्य रहेकी छिन् । यही एकेडेमीले साहित्यतर्फको नोबेल पुरस्कारका विजयी घोषणा गर्दछ । यिनै दुईवटा विवादका कारण यसवर्ष साहित्यतर्फको नोबेल पुरस्कार नदिइने भएको छ । 

बलात्कारको आरोप नोभेम्बर २०१७ मा उठेको थियो । हलिउडका चर्चित व्यक्तित्व हार्भे वाइन्स्टाइनमाथि बलात्कारमा दोषी पाइएसँगै साहित्यकार आर्नोल्टको मुद्दा सार्वजनिक भएको हो । 

स्वीडेनको दैनिक अखबार डाजेन्स न्यीटरले आर्नोल्टमाथि १८ जना महिलाले बलात्कार, यौनशोषण वा तनाव दिएको दाबी गरेको खबर छापेको थियो । रासस

प्राथमिक कक्षा पढेका २० महाकाव्यका स्रष्टा

भनिन्छ शिक्षा र ज्ञान आफैंमा एउटा अनन्त सागर हो । पुस्तकका पानाहरूमा सीमित कुराहरू मात्र शिक्षा वा ज्ञान मानिंदैन । शिक्षालाई कुनै सीमामा बाँध्नु

आउने भयो \'शब्दालय\' साहित्यिक पत्रिका 

काठमाडौं । नेपाली साहित्यिक पत्रिका 'शब्दालय' प्रकाशन हुने भएको छ । हाललाई त्रैमासिक ई-पत्रिकाकाको रुपमा प्रकाशन गरिने र निकट भविष्यमा साप्ताहिक

 तीन दिदीबहिनी लक्की, डिक्की र निक्कीको आत्मकथा

पोखरा । पच्चीस वर्षदेखि पोखराको पर्यटन क्षेत्रमा आबद्ध रहेर आफ्नो बेग्लै परिचय स्थापना गर्न सफल दिदीबहिनी लक्की, डिक्की र निक्की कार्कीले आत्मकथा

 सल्मान रुस्दी अब लुकेर नबस्ने

पेरिस । इरानी सर्वोच्च धार्मिक नेता आयातोल्लाह रुहोल्लाह खोमेनीले मृत्युदण्डको सजाय सुनाएपछि झण्डै तीन दशकदेखि अर्ध भूमिगत बसेका चर्चित