प्रदीप नेपालको नेतृत्वमा शमी साहित्य प्रतिष्ठानमा नयाँ टिम

काठमाडौं । शमी साहित्य प्रतिष्ठानको चौंथो वार्षिक साधारणसभाले साहित्यकार एवं बामपन्थी नेता प्रदीप नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

संस्थाको उपाध्यक्षमा श्रीओम श्रेष्ठ रोदन, सचिवमा डा लक्ष्मणप्रसाद गौतम, कोषाध्यक्षमा सुमित्रा महर्जन डङ्गोल र सदस्यमा माया ठकुरी, अशेष मल्ल, गोपाल अश्क र राजेश खनाल चयन भएका छन् ।

सभाले राइटर्स क्लब स्थापना, स्रष्टाका लागि आपतकालीन कोष स्थापना, कृति तथा पत्रिका प्रकाशन, प्रशिक्षण तथा सभा सम्मेलनलगायतका कार्ययोजना पारित गरेको छ । 

नेपाली भाषा, साहित्य, कला र संस्कृतिको जगेर्ना एव्म संवद्र्धन गर्ने उद्देश्यले विसं २०७१ मा सो संस्था स्थापित भएको हो । सो संस्थाका संरक्षक डोलिन्द्रप्रसाद शर्माले नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै संस्थालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा स्थापित गर्ने गरी काम गर्न शुभकामना दिए । रासस

प्राथमिक कक्षा पढेका २० महाकाव्यका स्रष्टा

भनिन्छ शिक्षा र ज्ञान आफैंमा एउटा अनन्त सागर हो । पुस्तकका पानाहरूमा सीमित कुराहरू मात्र शिक्षा वा ज्ञान मानिंदैन । शिक्षालाई कुनै सीमामा बाँध्नु

आउने भयो \'शब्दालय\' साहित्यिक पत्रिका 

काठमाडौं । नेपाली साहित्यिक पत्रिका 'शब्दालय' प्रकाशन हुने भएको छ । हाललाई त्रैमासिक ई-पत्रिकाकाको रुपमा प्रकाशन गरिने र निकट भविष्यमा साप्ताहिक

 तीन दिदीबहिनी लक्की, डिक्की र निक्कीको आत्मकथा

पोखरा । पच्चीस वर्षदेखि पोखराको पर्यटन क्षेत्रमा आबद्ध रहेर आफ्नो बेग्लै परिचय स्थापना गर्न सफल दिदीबहिनी लक्की, डिक्की र निक्की कार्कीले आत्मकथा

 सल्मान रुस्दी अब लुकेर नबस्ने

पेरिस । इरानी सर्वोच्च धार्मिक नेता आयातोल्लाह रुहोल्लाह खोमेनीले मृत्युदण्डको सजाय सुनाएपछि झण्डै तीन दशकदेखि अर्ध भूमिगत बसेका चर्चित